भूमिका -अक्षर–खेतीभित्रका मोहन दुवाल -बी.के पाल्पाली

Sep 2, 2023 - 13:20
Sep 2, 2023 - 13:35
 0  41
भूमिका -अक्षर–खेतीभित्रका मोहन दुवाल -बी.के पाल्पाली

काव्यशास्त्र विनोदेन कालो गच्छति धीमताम्
व्यसनेन च मूर्खाणां निद्रया कलहेन वा ।।
अर्थात् बुद्धिमानहरूले काव्यशास्त्रीय मनोरञ्जनमा लागेर तथा मूर्खहरूले जुवा–तासलगायत दुव्र्यसन, निद्रा अथवा झगडामा लागेर समय बिताउँछन् ।
हितोपदेशको यो उद्गार नेपाली वाङ्मयफाँटका झल्झलाउँदा तारा ‘बनेपाका एकलब्य’ साहित्यकार मोहन दुवालमा लागू गर्दा यौटा मात्र बूँदा लागू हुने देखियो । ‘काव्यशास्त्र विनोदेन’ अर्थात् काव्यशास्त्रीय मनोरञ्जनमात्रमा मोहन दुवालले आप्mनो अवकाशकालीन समयलाई प्रयोग गरेर साहित्य साधनामा नै जोतिइरहेका छन् । सम्बत् २०२० सालमा ‘मेरो सपना’ शीर्षकको कविताबाट नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गरेका दुवाल नेपाली साहित्यका कविता, मुक्तक, लेख–निबन्ध, नियात्रा, हाइकु, बालसाहित्य, समालोचना, समीक्षा तथा साहित्यिक पत्रकारिताका क्षेत्रमा चिर–परिचित छन् । यही सिलसिला राजनीतिक पत्रकारितामा पनि वैचारिक र झुझारु रूपमा कलम चलाएका दुवालले विभिन्न कालखण्डमा देशको अवस्थाका बारेमा पनि पत्र–पत्रिकामार्फत् आप्mनो गहन विचार प्रक्षेपण गर्न भुलेका छैनन् । २०५४ सालदेखि हालसम्म विभिन्न पत्र–पत्रिकामा प्रकाशित भएका लेखहरूको संग्रहालयका रूपमा यसकृति ‘अक्षरमा रचनाहरू’ प्रकाशनको जमर्को गरेका साहित्यकार मोहन दुवालको कर्म अत्यन्त सराहनीय छ ।
बि.सं.२००५ साल जेठमा पिता गणेशबहादुर तथा माता खिलकुमारी दुवालको कोखबाट काभ्रेको सुन्दर नगरी बनेपाको भोलाखाटोलमा जन्मेका दुवाल सानैदेखि तीक्ष्ण बुद्धिका र बढी चकचक गर्न रुचाउने खालका थिए । तेज दिमागको बालकले अनेक नयाँ–नयाँ कुरामा चाख राख्नु स्वभाविकै थियो जुन लक्षण मोहन दुवालमा पनि देखिएको थियो । त्यही क्रम पछिसम्म रह्यो । शुरुदेखि नै शैक्षिक क्षेत्रमा काम गर्न रुचाउने उनले करीब तीनदशक शिक्षण पेशामा नै आप्mनो समय खर्चेका छन् । यही कालमा कलमलाई पनि ज्ञानको धार लगाउँदै अगाडि बढेका उनले २०२१ सालमा नै नेवारी भाषामा कृति प्रकाशन गरेका थिए । यसपछि मातृभाषा (नेपाल भाषा) र राष्ट्रभाषा (नेपाली भाषा) गरी दुबै भाषामा कलम तेज गतिमा दौडाउन शुरु गरे । हालसम्म साढे दुई दर्जनबढी कृति प्रकाशन गरिसकेका दुवाल ‘जनमत’ साहित्यिक मासिकको प्रकाशनबाट आपूmलाई पत्रकारिताको क्षेत्रमा रकेटवत् कुँदाइरहेका छन् । उनको यस साहित्य साधना र सञ्चार सेवाको कार्य देशैभरिमा ईष्र्या गर्नेको घुइँचो नै छ भन्दा अत्यूक्ति नहोला ।
त्यसो त राजनीतिक चेतनाका लेख मात्र उनले लेख्दैनन् । वैचारिक रूपमा नेपाललाई सर्वहाराको सरकार अनि गरीब, विपन्न र निमुखा जनताको हालिमुहाली भएको समाजवादी राष्ट्र बनाउने अभियानमा उनी दशकौंदेखि सक्रिय छन् । जनवादी प्रकारका लेख लेख्नु, प्रवचन दिनु र त्यसमा पिछडिएका वर्गलाई हक अधिकारका लागि कटिवद्ध भएर जुध्न सक्नुपर्छ भन्ने सन्देश दिनु उनको दैनिकी जस्तै छ । आज पनि उनी यही यात्रामा कटिवद्ध छन् । पञ्चायतकालमा यही अभियानमा लागेवापत् सरकारी पक्षबाट पटक–पटक यातनासमेत भोगेका दुवाल भूमिगत लेखनमा पनि उत्तिकै सक्रिय देखिन्छन् । आपूmलाई ‘शरद बनेपा’ ‘किरण श्रेष्ठ’, ‘बहादुर’, ‘लाल किरण’, ‘शरद श्रेष्ठ’, ‘शौरभ शर्मा’ आदि जस्ता साहित्यिक एवं भूमिगत नामबाट पनि लेखनक्षेत्रमा पहिचानसहित उपस्थित गराएका साहित्यकार मोहन दुवाल हालका दिनमा ‘जनमत’ साहित्यिक पत्रिकाकै प्रकाशन प्रसारणमार्फत् सामाजिक जागरणको महा–अभियानमा होमिएका छन् । यही सिलसिला कृति प्रकाशनको काम पनि उनीबाट रोकिएको छैन । 
उनको प्रस्तुत ‘अक्षरमा रचनाहरू’ शीर्षकाङ्कित कृतिमा अधिकांश वैचारिक लेखहरू समाविष्ट भएका छन् । आप्mनो असाध्य रोगसँग संघर्ष गर्दै प्रस्तुत पाण्डुलिपि सर्सरी हेर्ने मौका पाएँ । कूल ६१ रचना सङ्कलित यस कृतिमा उनी कतै मेची–महाकालीको सीमादर्दसँग प्रस्पूmरित भएका छन् त कतै आम नेपालीको गरिबी, अभाव, रोग, भोक र महामारीको चपेटासँग घुलमेल भई तिनको निराकरणका लागि चिन्तनशील देखिएका छन् । राष्ट्रभक्तिको उच्च वेगले उनलाई हरेक लेखमा झङ्कृत बनाइदिएको छ । उनी लेखमा मान्छे हुनुको नाताले मान्छेकै सन्दर्भ बुभ्mन उत्सुक छन् त कतै आपूmलाई शक्तिका पूजारी भन्न रुचाउने नेपाली बहादुरहरूको गाँथा राजनीतिक संस्कारमा पस्न नसकेकोमा उदेकपूर्ण तवरबाट पोखिएका भेटिन्छन् । मुलुकमा विद्यमान राजनीतिक अन्यौलतालाई चिर्न के गर्न सकिन्छ ? भनी हरक्षण हरपल घोत्लिइरहने दुवाल नुमाफुङ चलचित्रकी चेलीसँगै क्याराभान सिनेमाको डोल्पालाई समग्र नेपाल भनी तुलना गर्न तम्सिन्छन् । देश अभावको भूमरीमा उडिरहेको छ तर राजनीतिक नेतृत्व अत्यन्त लापर्वाहपूर्ण यात्रामा खेलाँची गर्न कस्सिने गरेकोतर्फ उनले संकेत गर्दै राजनीतिक दलहरूमा नेपालीहरूको वितृष्णा जगाउने काम स्वयं राजनीतिक हस्तीहरूबाट भएको स्वीकार गर्दछन् । 
देशलाई परिवर्तन गर्ने हो भने दलीय भागवण्डा हैन सक्रिय कार्यकारी प्रणालीको विकास गर्नुपर्छ भन्ने भावना लेखहरूमार्फत् सार्वजतिक गरिरहने दुवालले नेपालको सामाजिक, सांस्कृतिक तथा जातीय मेलका लागि वर्तमान परिवर्तनले कुनै ठोस कदम चाल्न नसकेको भन्दै परिवर्तनका सञ्चालनकर्ता राजनीतिक दीर्घामा बढोत्तरी हुँदै गएको आर्थिक सङ्कलन मात्रको होडप्रति कटाक्ष गर्दछन् । उनी भन्छन्– ‘बहुदलीय पद्दतिले पञ्चायतले दिएको कुहेको शासनभन्दा पनि अझ कुहेको शासन पद्दतिको सम्प्रेषण गरिरहेको छ, यसबाट कहिले देश समृद्ध बन्ला ? र, नेपालीले कहिले सुख पाउलान् ?’
प्रस्तुत सन्दर्भले हालको राजनीतिक परिघटनालाई पनि उत्तिकै चोटिलो तवरले उजागर गरेको छ । यसरी २०४६ सालको बहुदलीय व्यवस्था स्थापनार्थ चालिएको आन्दोलन, २०५२ सालमा अधिकारका नाममा माओवादीबाट चालिएको विध्वंशकारी युद्ध र त्यसले निम्त्याएको नरसंहारकारी दशकलामो परिघटना, २०५८ सालमा घटित नारायणहिटी राजदरबारको वंशविनाश हुनेगरी चालिएको नरसंहारकारी हत्याकाण्ड, २०६१ साल असोज १९ को शाही कदम, २०६२÷०६३ को गणतन्त्र स्थापनार्थ जुर्मुराएको जनलहर, नेपाली जनताको सात दशकलामो संविधानसभाकोे चाहनाको पदार्पण तथा त्यसको विरुद्धमा भए÷गरेका सकारात्मक÷नकारात्मक राजनीतिक दाउपेचहरू र संविधानसभाबाट प्राप्त अधिकार संविधानीकरणको अभियानसम्म सबै क्षेत्रमा आप्mनो विचार प्रस्तुत कृतिमार्फत् लेखकले सार्वजनिक गरेका छन् । लेखनक्षेत्रमा प्रगतिवादी लेखकका रूपमा आपूmलाई परिचित गराउन सफल साहित्यकार मोहन दुवालले मोफसलमा रहेर साहित्यसेवामा नै आपूmलाई समर्पित गरिरहेका छन् । 
निरन्तरको कार्यतालिका, अनवरत साधना र कर्मनिष्ठ योजनासहितको यात्रामा कहिल्यै सम्झौता नगर्ने कर्तव्यनिष्ठ लेखक दुवालले जनमतको माध्यमबाट आपूmलाई देश–देशावर डुलाइरहेका छन् । कान्तिपुर, समाचारपत्र, गोरखापत्र, काभ्रे टाइम्स, जनधारणा आदि पत्रिकामा प्रकाशित भइसकेका रचनाहरूलाई अभिलेखीकरण गर्दैै कृतिको रूपमा प्रकाशन गर्न लागिएको यस कृतिमा पाठकले लेख लेखिएको मितिको आधारमा त्यतिबेलाको अवस्था आँकलन गरी अध्ययन गरेमा लेखको सान्दर्भिकता प्रष्ट हुने देखिन्छ । धेरैजसो राजनीतिक, वैचारिक, दार्शनिक लेखहरू सङ्ग्रीहित यस ‘अक्षरमा रचनाहरू’ कृतिमा साहित्यिक तथा भावनात्मक लेखहरूको पनि पाठकले स्वाद लिन पाउने छन् । राजनीतिक बाटो बिराएर अर्थोपार्जनमा मात्र लिप्त नेताहरूमा देशको भविष्य भन्दा पनि आफन्त, नातागोता, आसेपासे, कार्यकर्ता तथा आप्mनै पारिवारिक पुस्ता समृद्धिको भूत सवार हुँदै गएको र यसले देशलाई उन्नतितर्फभन्दा पनि अवनतितर्फ धकेलिरहेको अवस्थाप्रति लेखक अत्यन्त चिन्तित छन् । देशले विकृति होइन; समृद्धि खोजेको छ, भ्रष्टाचार होइन; सदाचार खोजेको छ र, यो बोलीमा होइन व्यवहारमा उत्रन सकेमात्र सम्भव छ भन्ने मोहन दुवालजस्ता साधक जहाँकहीँ पाउन मुस्किल पर्दछ । यसैले भन्ने गरिएको छ ः
शैले शैले न माणिक्यं मौक्तिकं न गजे गजे
साधवो नहि सर्वत्र चन्दनं न वने वने ।।
अर्थात् ः यस संसारमा पहाडैपिच्छे मणि हुँदैन । सबै हात्तीमा मोती पाउन पनि सम्भव छैन । साधक अर्थात् साधनारत व्यक्ति सबैतिर पाउनु त झन् अकल्पनीय कुरा हो भने जति घना भए पनि सबै वनमा चन्दन (श्रीखण्ड) पाउँन पनि मुस्किल पर्दछ । ठीक यसैगरी संसारमा दुर्लभ हुने साधकको कोटीमा दुवाल पर्न सकुन् । उनको लेखनी दिन दुगुना रात चौगुना कुँदिरहोस् । स्वस्थ, स्पष्टवक्ता, निर्भीक, लगनशील, कर्तव्यनिष्ठ साहित्यसेवी दुवाल योजनावद्ध यात्रामा अनवरत रूपमा सक्रिय हुन सकुन् । ओजिलो, वैचारिक, दार्शनिक तथा समाजप्रिय उत्कृष्ट विचारहरूको सङ्गालो यस ‘अक्षरमा रचनाहरू’ नामक निबन्ध÷प्रबन्धात्मक कृतिमा सानो मन्तव्य प्रकट गर्ने अवसरका लागि लेखकप्रति अजस्र धन्यवाद प्रकट गर्दै लेखकको चौतर्फी सफलताको शुभेच्छा प्रकट गर्दछु । विषयेषु किमधिकम् ।
बी.के.पाल्पाली
(पूर्व–प्राध्यापक)

चैत्र–३, २०७६ ।
साहित्यिक आन्दोलन दिवस ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि