साहित्यिक भित्तेपात्रो २०८० कृति समालोचना
साहित्यिक भित्ते पात्रो एक नजर टीका ढुङ्गेल ‘रटन’ सिक्किम
नारी हस्ताक्षर साहित्यकार उमा ओडारीको कृति लोर्कापर्ण कार्यक्रमको निम्ति गिलिहाङ जोर पोखरीमा एक असाधारण पत्रकारसँग भेट भयो । पिता पदमकुमार माता लक्ष्मी माया खड्का । राजकुमार खड्गाको जन्म स्थान रानी गाउँ – ७ पाँचथर मा भए पनि अहिले दमक ३ झापा नेपालमा रहेर पत्रकारिता तथा साहित्यको खेती गर्देै आउँनु भएको देखिन्छ । शिक्षा वि एड सम्म गरेर भाषा साहित्यको खेती गर्न रुचाउँने कर्मठ बहुप्रतिभाशाली व्यक्तित्वको परिचय पाएर अपार खुसी लागेको छ । गजल विधाका अभियन्ता उहाँको प्रकाशित कृतिहरु यस प्रकार छन् । सम्झौटो (गजल संग्रह ) २०६४, चासोक तङनाम ( रुवाइ संग्रह ) २०६५, सानीको अंगालोमा (गजल संग्रह) २०६७, गजल विधालाई विधालाई ह्दय देखि नै मन पराउँनु भएको रहेछ । २०६४ मा पहिलो कृति साहित्यको भण्डारलाई चढाँएर आफ्नो नाम साहित्यमा अङकित गराउँनु भयो । साहित्य समाजमा राम्रो छाप राख्न सफल हुनु भएकाले पुरस्कार तथा सम्मानहरु पनि धेरै प्राप्त गरेको बुझिन्छ । देश विदेशको भ्रमणले अनुभवका दस्तावेजहरु पनि संकलन गरिसक्नु भएको छ । भारत, मलेसिया र सिङ्गापुर घुमी सक्नु भएको छ । प्रकाशक ÷ सम्पादक बाल चेतना भित्ते पत्रिका, पूmल त्रैमासिक पत्रिका साहित्यिक भित्ते पात्रो, श्री कञ्तन बुलेट, पाँचथर वृत्तान्त, असल शासन मासिक ष्तिभचबचथ या .....न्यू सम्भावना राष्ट्रिय मासिक, पाँचथरे गजल हस्ताक्षर अन्य थुप्रै स्मारिका सोध ग्रन्थ, अभिनन्दन ग्रन्थ, कथा कविता शोधग्रन्थ, उपन्यास काब्य, आदिको सम्पादन कार्यमा क्रियाशील रहनु भएको देखिन्छ धेरै संघ संस्थाहरुमा रहेर महत्वपूर्ण काम गरेको छ । अध्यक्ष कञ्चन साहित्य समाज पाँचथर,काव्यघर नेपाल दमक, कञ्चन असल शासन क्लव पाँचथर, सचिव गजल मञ्च पाँचथर, राजकुमार खड्गाको परिचय हेर्दा लाग्छ पाँचथर देखि दमक झापा सम्ममात्र होइन फराकिलो कार्यक्षेत्र रहेको देखिन्छ । साहित्यकारहरुलाई उठाउँने स्थान उपलब्ध गराएर उनीहरको प्रतिभालाई उच्च स्थानमा राख्ने काम साहित्यिक भित्ते पात्राृेले गर्दे ल्याएको देखिन्छ । विक्रम सम्वत २०५८ साल देखि निरन्तर २०८० सम्म सम्पादक तथा प्रकाशकको भूमिका निभाउँदै आउने साहित्यकार एवं साहित्यकार समाजसेवक राजकुमार खड्गालाई सलाम गर्छु । यसरी साहित्य समाजको काम गर्ने थोरै व्यक्तिहरुमा यहाँको प्रशंसनीय काम देखेर खुसी लाग्यो । बहुप्रतिभाशालाी व्यक्तित्वको भित्ते पात्रोमा ताङ्काका केही शब्दहरु पाठक समक्ष राख्दछु । मध्यदिनमा सूर्य त खसेछन नझम्टने हुन कि परेवाहरुलाई । मीठो शब्दहरुले ताङ्कालाई साजाउँनु भएको छ । राजकुमार खड्गाको धेरै अन्र्तवार्ताहरु हेरेको छु । यस भित्ते पात्रोमा धेरै साहित्यकारहरुसँग परिचय पाइने रहेछ । प्रायको सम्र्पक सुत्र पनि राख्नु भएको छ । यहाँ भएका छोटा मसिना विविध विषयका रचनाहरु मनन चिन्तन गरेपछि केही लेख्ने इच्छा गरे । ह्दय लेकालीले भैरबाबाट साहित्यिक भित्ते पात्रो २०७६ को टिप्पणी राख्नु भएको छ । धेरै स्रटाहरुलाई समेटेको तथ्य प्रमाण दिनु भएको छ । यहाँ भएका साहित्यकारहरुका छोटा मीठा रचनाहरु पढ्न पाइन्छ । उमेश सुब्वा, राधा दुलाल, डा. रामप्रसाद ज्ञवाली, राजकुमार खड्गा, ठाकुर वेल्बासे, राजबाबु श्रेष्ठ सागर,, सुश्री भद्रकुमारी घले , ताराप्रसाद वस्ती, चित्रा पौडेल, सन्तोष सुब्वा, रेणुका भट्टराई, केशर माङगुङ लिम्बु, लक्ष्मी उप्रेती, गीता खत्री, प्राज्ञ बुँद राना,अधिकारी विमला, ललिता दोषी, अर्जुन विरक्ति, शान्ती सुवेदी पौडेल, विष्णु भण्डारी, धुब्रनारायण जोन्छे, राधिका कल्पित, डा.घनश्याम परिश्रमी, नरेन्द्रराज प्रसाईँ, हेम भण्डारी, मन्जु काँचुली, गीता सुवेदी नेपाल, गाृेपाल थपलिया, उषा के.सी, सरस्वती गौतम, समृद्धि, बाँस्कोटा धनन्जय, अन्जाना पौडेल ‘अनुश्रुति’ , महेश पौडेल, रश्मि रिमाल, लक्ष्मी थापा, चन्द्रवती अधिकारी, राजन प्रसाद पौडेल, मोहन वहादुर कायस्थ, शर्मा ललिता, जानुका भट्टराई, पुष्पा प्रकृति चाम्लागाई, दिव्य गिरी, एल.वि राई, भावना मञ्जु, कमला घिमिरे, अधिकारी, मीना चौलागाईँ, उमा ओडारी, आकाश अधिकारी, डा.देवी पन्थी, चेतननाथ धमला, विमला चन्द सानू, हरि कट्टेल, लक्ष्मी रायमाझी खड्का, दावालामा तामाङ, कल्पना आचार्य, पौडेल विमुन्स, गंगा लिगल, तिला लेकाली, राधेश्याम लेकाली, आनन्द भण्डारी, लेखनाथ सिकारु, सीता शर्मा, रेखा सुवेदी, गोविन्दप्रसाद घिमिरे, आदी साहित्यकारहरुको रचना समावेश गर्नु भएको छ । यो ठूलो प्रयास हो । देश विदेशबाट, साहित्यकारहरुलाई स्थान दिनु भएको देखिन्छ । यहाँ नारी हस्ताक्षर साहित्यकारहरुको धेरै सहभागी देखेर खुसी लाग्यो । सिकिम अमेरिका े, न्यूयोर्क, सिलगढी,आदी स्थानवाट सहभागी गराउँनु भएको छ । सिकिमका सन्तोष सुब्वाको सुब्वा भाषामा रचना पढ्न पाइन्छ । यो साहित्यिक भित्ते पात्रोको सहयोग रु २०५ (दुई सय पाँच मात्र छ ) सायद नेरु नै हुनुपर्छ । दुई दशक पार गरिसकेको भित्ते पात्रो अहिले जवान भएको छ । अठार वर्षे जवानलाई विविध सहयोग गरेर साथ दिनु हाम्रो कर्तव्य हो । काव्य घर नेपालले पनि राम्रा राम्रा कामहरु गर्दे आएको देखिन्छ । लेखकका नक्सा र सम्र्पक नम्वर आदीले प्रतिभा बोकेर हिडेको देखिन्छ । सबैको घर घरमा साहित्यिक भित्ते पात्रो सजियोस् राम्रो काम गर्दै आउँनु भएको छ राजकुमार खड्गाले समयमा यसको फल राम्रै लाग्ने छ । साहित्यिक भित्ते पात्रो यसरी नै मौलाइ रहोस् । उतरोत्तर प्रगतिको कामना गर्दछु ।
What's Your Reaction?