शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्धको रिट 'हेर्दाहेर्दै'मा

नेपाली शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट 'हेर्दाहेर्दै'मा राखिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइ भएको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। २०७५ सालमा प्रकाशित १० औं संस्करणको बृहत्त नेपाली शब्दकोषबाट ॐ शब्द हटाइएको हो।

Jan 23, 2024 - 20:10
Jan 23, 2024 - 20:14
 0  5
शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्धको रिट 'हेर्दाहेर्दै'मा
फायल तस्वीर

माघ ९  काठमाडौं, काव्य घर / नेपाली शब्दकोषबाट शब्द हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट 'हेर्दाहेर्दै'मा राखिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइ भएको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

 माओवादी नेता तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २०६९ साउन २२ गते मन्त्रिपरिषद् बैठकबाट हटाउन लगाएर लागू गराएका थिए। सरकारको सो निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल, टपेन्द्र बहादुर कार्कीलगायतले २०७३ भदौ २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

 

भाषा र कानुन दक्षताको भएको व्यक्ति समावेश गरी एमिकस क्युरी पठाउन नेपाल बारको नाममा आदेश भएको थियो। निवेदकले पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको सम्पादन खारेज गर्नुपर्ने माग गरेका छन्। २०७५ सालमा प्रकाशित १० औं संस्करणको बृहत्त नेपाली शब्दकोषबाट ॐ शब्द हटाइएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि