मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले ३७८३ मत ल्याएको निर्वाचन आयोगले जनायो

नेम्वाङलाई प्राप्त मत निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको तुलनामा १००१ ले बढी छ। बैशाख १६ काठमाडौ ,काव्य घर/इलाम क्षेत्र नम्बर २ मा अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले ३७८३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। कुल ८०६३ सदर मतमध्ये उनले करिब ४७ प्रतिशत मत ल्याएका हुन्। नेम्वाङलाई प्राप्त मत निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको तुलनामा १००१ ले बढी छ। खड्काले २७८२ मत ल्याएका छन्। यो सदर मतको करिब ३५ प्रतिशत हुन्छ। अहिलेसम्मको मतगणनाअनुसार 'मूढा' चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानमा छन्। उनले ७८४ मत ल्याएका छन्। त्यस्तै, चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५६१ मत ल्याएका छन्। इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए। २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए

Apr 28, 2024 - 21:36
Apr 28, 2024 - 22:50
 0  3
मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले ३७८३ मत ल्याएको निर्वाचन आयोगले जनायो

बैशाख १६ काठमाडौ ,काव्य घर/इलाम क्षेत्र नम्बर २ मा अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले ३७८३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

कुल ८०६३ सदर मतमध्ये उनले करिब ४७ प्रतिशत मत ल्याएका हुन्। नेम्वाङलाई प्राप्त मत निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको तुलनामा १००१ ले बढी छ। खड्काले २७८२ मत ल्याएका छन्। यो सदर मतको करिब ३५ प्रतिशत हुन्छ। अहिलेसम्मको मतगणनाअनुसार 'मूढा' चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानमा छन्।

उनले ७८४ मत ल्याएका छन्। त्यस्तै, चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५६१ मत ल्याएका छन्। इल्ललाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए। २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि