नवौं नारदमुनी गोल्डकप भोलि हुने 

Oct 13, 2023 - 16:56
Oct 13, 2023 - 17:08
 0  3
नवौं नारदमुनी गोल्डकप भोलि हुने 

असोज २६ ,उदयपुर,काव्य घर । उदयपुर  जिल्लाको चौदण्डीगढी नगरपालिकामा हुदै आएको नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिता यो बर्ष पनि संचालन हुने भएको छ । मंगलबार बसाहा क्लव बसाहाले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता आयोजना बारे जानकारी दिएको हो । क्लवले दिएको जानकारी अनुसार बसाहा क्लव स्थापन देखी निरन्तररुपमा गर्दै आएको प्रतियोगिताको यस बर्ष भने नवौ संस्करणको गोल्ड कप प्रतियोगिता हुने छ । प्रतियोगिता चौदण्डीगढी नगरपालिकाको संयोजनमा हुने आयोजकले बताइएको छ ।
२००७ सालका क्रान्तियोद्धा तथा पूर्वमन्त्री स्वर्गीय नारदमुनी थुलुङ राईको स्मृतिमा स्थानीय बसाहा क्लवले गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएका छ।
प्रतियोगितामा ८ टिम सहभागी हुने बसाहा क्लवले जनाएको छ । प्रतियोगितमा आयोजक बसाहा क्लव सहित गोर्खा ब्वाईज क्लव झापा, एभरेष्ट क्लव सुनसरी, न्यू त्रियुगा स्पोर्ट्स क्लव सप्तरी, चारतारे क्लवा मोरंग, एविनियर क्लव काठमाडौं, बागमती क्लव सर्लाही र कटारी फुटबल क्लव उदयपुरले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता असोज २७ गते बाट कार्तिक ४ गते सम्म संचालन हुने छ प्रतियोगिताको विजेताले ४ लाख १ हजार नगद सहित ट्रफि, गोल्ड मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै उपविजेताले २ लाख १ हजारका साथमा गोल्ड मेडल र प्रमाणपत्र पाउने बसाहा क्लवका अध्यक्ष गौतम राईले बताए।
-माधव पोखरेल

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि