बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित

मतगणना सकिँदा भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन्। उनीहरुबीचको मतान्तर २६६ रहेको छ।

Apr 29, 2024 - 13:58
 0  6
बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित

बैशाख १७ काठमाडौ ,काव्य घर/बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्।

 मतगणना सकिँदा भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन्। उनीहरुबीचको मतान्तर २६६ रहेको छ। यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् ।

 शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो। यहाँ ११ दलका उम्मेदवार थिए। २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो। कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि