अधिकारी बिमलाको गजल सङ्ग्रह बिमोचन तथा १५८ औं मोती जयन्ती सम्पन्न ।

मोतीराम भट्टको १५८ औं मोति जयन्तीको शुभ अवसर पारेर पाँचथर गजल मन्चको आयोजनामा अधिकारी बिमलाको गजल संग्रह बिमोचन तथा कृति परिचर्चा र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Sep 14, 2023 - 15:42
Sep 19, 2023 - 03:50
 0  28
अधिकारी बिमलाको गजल सङ्ग्रह बिमोचन तथा १५८ औं मोती जयन्ती सम्पन्न ।

भदौ २८ पाँचथर , काव्य घर / कवि अधिकारी बिमलाको गजल कृति "अधिकारी बिमलाका गजलहरु" गजल सङ्ग्रह बिमोचन कार्यक्रम तथा १५८ औं मोती जयन्तीको अवसर पारेर पाँचथर गजल मञ्च मार्फत बिहीबार फिदिममा आयोजित समारोहमा बिमोचन सम्पन्न भएको हो ।

 काव्य घर नेपालले प्रकाशन गरेको उक्त सङ्ग्रह लेखकका पिता देवीप्रसाद ढुंगाना र अतिथि रमेश शुभेच्छुकले संयुक्त रुपमा बिमोचन गरेका हुन । कृतिको समालोचना मधुराज केरुङले गरेका थिए ।

 पाँचथर गजल मञ्चका अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा एन बि अन्जानको मौसम गजल सङ्ग्रहको परिचर्चा समेत गरिएको थियो ।मौसम गजल सङ्ग्रहको परिचर्चा प्राध्यापक लक्ष्मी ढुंगानाले गरेक थिए ।

 कार्यक्रममा गजलकार लोकेन्द्र बन्जरालाई दोसल्ला र कदर पत्रसहित पुरस्कृत गरिएको थियो । समारोहमा गरिएको गजल वाचनमा दुई दर्जन कविहरुले विभिन्न रचना सुनाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि