आनन्दमोहन  न्यायाधीशलाई  विवादमा तानियोः वरिष्ठ अधिवक्ताडा. सुरेन्द्र भण्डारी 

बालकृष्ण नेउपानेलाई आफूमाथिको आरोप पुष्टि गर्न भण्डारीको चूनौति, नत्रअदालतजाने चेतावनी

May 8, 2024 - 22:15
 0  9
आनन्दमोहन  न्यायाधीशलाई  विवादमा तानियोः वरिष्ठ अधिवक्ताडा. सुरेन्द्र भण्डारी 


२६ वैशाख २६,काठमाडौं,काव्य घर । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले ‘सिधा कुरा’ टिमले बाहिर ल्याएको अडियो प्रकरणलाई लिएर न्यायापालिका र प्रेस जगतबीच असामञ्जस्यपूर्ण परिस्थितिसिर्जना भएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले उक्त प्रकरणमा स्वच्छ र निष्कलङ्क छवि भएका सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईलाई विवादित बनाइएको भन्दै आपत्ति जनाए । 


‘मलाई दुःख लागेको कुरा के हो भने आनन्दमोहन भट्टराईजस्तो निश्पक्ष, निष्कलङ्क न्यायाधीश, प्रत्येक न्यायाधीशका सबै निर्णयहरु सही हुन्छन् भन्ने छैन । न्यायाधीशपनिमानिस हुन्, उनीहरुले गरेका निर्णयहरुमापनिकमिकमजोरी हुन्छन् ।’ उनले भने,‘तर, आनन्दमोहन भट्टराई जस्ता व्यक्तिहरु निष्कलङ्क व्यक्तिको रुपमा चिनिनु हुन्छ । उहाँ माथि जुनकिसिमको आरोप आयो, त्यसले आमन्याय र कानुनी जगत दुःखी छ ।’ 


क्रमिक रुपमा विगतका चूनौती र अप्ठ्याराहरुलाई पार गर्दै क्रमिक रुपमा सुधारका काम गरिराखेको र राम्रो परिणाम दिने सुरुवात गरेको न्यायापालिका माथि प्रश्नचिन्ह खडा गराएर आमनागरिकमा भ्रम सिर्जना गराइएको उनको आरोप छ । 
अख्तियारले आफैंले प्रमाण सिर्जना गरेर स्ट्रिङ–अप्रेसन गर्नु कानुनको आधारभूत सिद्धान्त विपरीत हुन्छ भनेर सर्वोच्चले गरेको उक्त निर्णयमान्यायाधीश भट्टराईको कुनै संलग्नता नरहेको उनले बताए । उक्त निर्णयमा संलग्नता नभएको न्यायाधीशलाई विवादमा तान्ने काम भएको उनले बताए । 
साथै, राज्यले प्रेसलाई आवाज विहीन बनाउन नहुने उनको भनाइ छ । प्रेसले पनि के कुरा सार्वजनिकहो र के कुरा नीजिहो भन्ने विर्सन नहुने उनले बताए । प्रेसले नीजी कुरालाई सार्वजनिक र सार्वजनिक कुरालाई नीजीबनाउने कामगरिरहेको उनको टिप्पणी छ । 


तथ्यगत रूपमा अनुसन्धाननगरी आक्षेप र कसैको हुर्मत लिनकालागि मिडियामा समाचार आउने गरेको उनले बताए । ‘सिधा कुरा’ टिमले बाहिर ल्याएको अडियो प्रकरणमा सर्वोच्चअदालतमाचलिरहेको मुद्दाले प्रेस र न्यायापालिकाको सन्दर्भमा जटिल र गम्भीर निश्कर्ष निकाल्ने उनले विश्वास व्यक्त गरे । 
त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र आफूले संयुक्त रुपमादिएको रिट निवेदनको सन्दर्भमा आफूमाथि लागेको आरोपमा उनले स्पष्टीकरण दिए । वरिष्ठ अधिवक्ता नेउपानेले आफ्नो बारेमा लगाएको आरोप ज्यादै संवेदनशील, आक्षेपयुक्त र इज्जत तथा प्रतिष्ठामा हुर्मत लिने प्रकारको रहेको उनले बताए । 


 भण्डारले आफूमाथि अधिवक्ता नेउपाने ‘सुरेन्द्र भण्डारीको व्याकग्राउन्ड माओवादी रहेछ,नागरिकता बाँड्नुपर्छ भनेर रिट निवेदनमा लेखेको रहेछ । उ सिके राउतको एजेण्ट रहेछ । विदेशीको एजेन्ट रहेछ । एभरेष्ट होटलमा एमालेका कार्यकर्ता मार्फत पैसा खाँदोरहेछ । विदेशबाट कति पैसा खायो ?हाम्राहातमा आएका बखत अनुसन्धान गरौंला । १५ वर्ष मैले नै रोकेको नागरिकता सुरेन्द्र भण्डारीको कारणले सिद्धियो । चुच्चेटोपीन लगाइ हिँड्दैन, दौरासुरुवाल नलगाइ हिँड्दैन धन्दा यस्तो रहेछ । यस्तालाई नङ्ग्याउनुपर्छ । विदेशीलाई नागरिकता दिनुपर्छ भनेर रिट हाल्दो रहेछ’ जस्ता आरोप लगाएको बताए । 


बालकृष्ण नेउपानेले लगाएको आरोपमा एउटा पनि सत्यता नरहेको उनले बताए । आफूमाथि लगाएका आरोपहरु पुष्टि गरेर देखाउने उनले नेउपानेलाई खुला चुनौतीदिए । आफूमाथि अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन उनले बालकृष्णलाई चुनौतीदिए । आफूविरुद्ध लगाइएका आरोपहरु पुष्टि नगरेर यो विषयलाई अदालतमा प्रवेश गराउने समेत चेतावनीदिए । 


साथै, कानुनदिवसको अवसरमा उनले वर्तमान संविधान माथि पनि केही टिप्पणी गरे । संविधानकै हिमायती भन्नेहरुले वर्तमान संविधानलाई काम नलाग्ने ठानिसकेको अवस्थामा आफूले भने संविधानले बाटो विराएको रुपमामात्रै लिएको बताए । उनले वर्तमान संविधानलाई करेक्सन गरेर अगाडि जानसकिने बताए । 
‘म अझैपनि यो संविधान काम नलाग्ने भइसकेको ठान्दिनँ । यो संविधानले बाटो विराएको ठान्छु । यो संविधानलाई करेक्सन गर्न जरुरी छ । व्यापक रुपमा संशोधन गर्न जरुरी छ,’– उनले भने । 
त्यस्तै,मुलुकमा निषेधको राजनीति गरेर यो संविधान करेक्सन नहुने उनको भनाइ छ । उनले निषेधको राजनीतिका कारण संविधानमाथि नागरिकको विश्वास कम हुँदै गएको टिप्पणी गरे । अधिवक्ता भण्डारीले अब दलकानेतृत्वलाई समेत करेक्सन गर्नुपर्ने बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि