अदालतलाई सरोकारवालाहरुको जवाफःपत्रकारिता जगतको घाँटी निमोठ्ने नजीर स्वीकार्य छैन 

सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवसः राज्यका निकायबाटै प्रेस स्वतन्त्रता माथि खतरा रहेको निश्कर्ष 

May 4, 2024 - 07:43
May 4, 2024 - 07:44
 0  2
अदालतलाई सरोकारवालाहरुको जवाफःपत्रकारिता जगतको घाँटी निमोठ्ने नजीर स्वीकार्य छैन 


वैशाख २२, काठमाडौं,काव्य घर/   विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सरोकारवाला निकायलाई बोलाएर रिपोर्टर्स क्लब नेपालले साक्षत्कार कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आयोजना गरेको उक्त साक्षत्कारमाअधिवक्ता स्वागत नेपाल, राजनीतिकविश्लेषक डा. सुरेन्द्र केसी, नेपालपत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट लगायतको उपस्थिति रहेको थियो । 
रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष पत्रकार ऋषि धमलाले श्रमको सम्मान हुन नसकेको र श्रमजीवी पत्रकारहरुलाई बाँच्नगारो रहेको बताए । उनले आफू श्रमजीवी पत्रकारहरुको हक अधिकारका लागि सधैं साथमा रहने पनि प्रतिवद्धता व्यक्त गरे । 
‘पत्रकारहरु सुरक्षित रहनुपर्छ । निर्भिक भएर समाचार सम्प्रेषण गर्न पाउनुपर्छ । हामी सबै एक हुनुपर्छ । हाम्रो एकता नै आजको आवश्यकत्ताहो । कुशासनलाई हामीले निमिट्यान्नपार्नुपर्छ,’– उनले भने । 
त्यसैगरी, अधिवक्ता स्वागत नेपाललेविश्व प्रेस स्वतन्त्रतादिवस मानाइरहँदा अदालतबाटै प्रकाशित समाचार सामाग्रीमा रोक लगाउने कामभएको भन्दै दुःखव्यक्त गरे । आफू आजपनि ‘सिधा कुरा’ टिमको बयानको क्रममा सर्वोच्चअदालतमागएर आएको बताउँदै उनले भने, ‘विश्व प्रेस स्वतन्त्रतादिवस मनाइरहेको बेलामा अदालतबाटै सञ्चारकर्मीले तयार गरेको सञ्चार सामग्री, न्यायाधीश, वकिलवाअन्यकुनै व्यक्तिहरुको भ्रष्टाचारमा संलग्नता छ भन्ने पुष्टि हुनलागेपछि त्यो प्रमाणलाई नष्ट गर्ने आदेश दियो । अहिलेको संविधानमाहामीले प्राप्त गरेको उपलब्धिअभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताहो । त्योमाथि अदालतबाटै आक्रमण भइरहेको छ ।’ 
यस्तो अवस्थाआउनुमा सञ्चार क्षेत्रका विज्ञहरुको पनिकमजोरी रहेको र चुकेको उनले बताए । अर्काको देशको स्वतन्त्रतादिवस र स्वाधीनतादिवसको विज्ञापन नेपाली पत्रपत्रिकाहरुले छापेर पैसा लिएको उनको आरोप छ । अहिले मुलधारकाभनिएका सञ्चार माध्यमहरु ‘भ्वाइस अफ द भ्वाइसलेस’ बन्नन सकेको उनको भनाइ छ । 
साथै, सिधा कुरा टिममाथि सर्वोच्च अदालतले चलाएको मानहानी मुद्दाबारे बोल्दै उनले आपत्तिजनाए । सञ्चारकर्मीहरुले समाचारको स्रोत उपलब्ध गराउननपर्ने अधिकार विश्वब्यापीअधिकार भएपनि इजलासबाटै स्रोत खुलाउनआदेश भएको भन्दै उनले दुःखव्यक्त गरे । 
उपप्रधानएवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षितगर्दै उनले सञ्चारकर्मी बनेर सत्ताको भर्याङ चढ्ने, जनताको विरुद्ध ठगी गर्ने कामपनिभइरहेको बताए । पत्रकारिता समाजको ऐनाहुनुपर्नेमाक्यामेरा बनेको उनको भनाइ छ । अहिलेको पत्रकारिताले ऐनाले झैं सत्यतथ्यनआएर क्यामेराले झैं लुकाउने, छिपाउने र आफूलाई मन लागेको मात्रै खिच्ने काम गरेको उनले बताए । पछिल्लो समय पत्रकारिता व्यवसायिकन भएर व्यापारिक हुँदै गएको उनको ठहर छ । 
राजनीतिकविश्लेषक डा. सुरेन्द्र केसीलेअहिले नेपाली पत्रकारितामा ठूलो चुनौती रहेको बताए । सञ्चार जगतलाई न्यायलयले संरक्षण दिनुपर्नेमा उल्टो हस्तक्षेप गरेको उनको बुझाइ छ । साथै, अहिले पत्रकारितमा अस्वस्थ प्रतिस्पर्धा हाबी रहेको पनिउनले बताए । लोकतन्त्रअत्यन्तै प्यारो लागे पनि लोकतान्त्रिक आचरण र आचरण अनुसारको व्यवहार निर्माण भइनसकेको उनको बुझाइ छ । उनले मर्यादाक्रम, योग्ताक्रम, जवाफदेहिता र पारदर्शिताविकास हुनआवश्यक रहेको बताए । 
साथै, उनले सम्पादकहरु आजभोलि सम्पादकको रुपमा नरहेर कर्मचारीको रुपमा रहने स्थिति निर्माण भइरहेको टिप्पणी गरे । नेपाली पत्रकारिता चुनौतीको बीचमा रहेको उनको निश्कर्ष छ । साथै, अहिलेको सञ्चार जगतको मूलप्रवाहभनेको यूट्युब रहेको उनले बताए । यूट्युवलाई अब हेप्न नपाइने उनको चेतावनी छ । 
त्यसैगरी, नेपालपत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले आफूले विश्व प्रेस स्वतन्त्रतादिवस मनाउनथालेको धेरै अवधिभएपनिभन्ने कुरा एकै रहेको बताए । अझै पनि पत्रकारहरुको अवस्थामा सुधार आउन नसकेको उनको ठहर छ । उनले न्यूनतम् पारिश्रमिक, श्रमको उचित मूल्य, अभ्यास र प्रेस स्वतन्त्रतालाई निर्वाध ढंगबाट उपभोग गर्ने वातावरण बनेको छ कि छैन भन्ने प्रश्नहरु २० औं वर्षदेखि उठ्दै आएको बताए । 
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुमा डेस्क स्थापना गरेर प्रेसको निगरानी गर्ने संरचनाको परिकल्पना गरेको बारे उनले आपत्ति जनाए । उनले गृहमन्त्री रवि लामिछानेमा त्यो सोच विकास भएकोमा आफूलाई आश्चार्य लागेकोे बताए । पञ्चायत कालमा पनि नभएको कार्य वर्तमान सरकारका गृहमन्त्रीले गर्ने कुचेष्टा गरेको उनले बताए । उनलेप्रेस स्वतन्त्राताको बारेमाउक्त घट्ना एकदमै दुःख लाग्दो रहेको बताए । 
साथै, पछिल्लो समय सिधा कुराले बाहिर ल्याएको सामग्रीमा प्रेस काउन्सिल र अदालतले हस्तक्षेप गरेको उनको भनाई छ । उनले अदालतले समाचार सामाग्रील्याएकै भरमा फौजदारी अभियोगमा मुद्दा चलाउनुले सबै पत्रकारमाथि खतराको घण्टी बजेको अनुभूति भएको बताए । नेपालको सञ्चार क्षेत्रले अबअदालत र सरकारको हस्तक्षेपको विरोध गर्ने उनको चेतावनी छ । 
उक्त अनलाइनले सार्वजनिक गरेको सामग्री संसारका कुनैपनि ठाउँमा लगेर परीक्षण गरेपनि आफूहरुको आपत्ति नरहेको बताउँदै उनले सिंगो पत्रकारिता जगतको घाँटी निमोठ्नेगरि बनाईएको नजीर स्वीकार्य नरहेको बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि