विश्वभर फेसबुकमा समस्या देखिएको छ

मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ ।

Mar 5, 2024 - 22:07
Mar 5, 2024 - 22:22
 0  37
विश्वभर फेसबुकमा समस्या देखिएको छ

 फागुन २२, काठमाडौं ,काव्य घर/विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो ।

 त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ । विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।

फेसबुकसँगै मेटाको मेसेन्जर र इन्स्टाग्राममा पनि समस्या देखिएको छ । इन्स्टाग्रामले पूर्णरूपमा काम गर्न छाडेको छ । मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि