नेपाली चिया भारत निर्यातमा समस्या आएपछि एसटीपीका पदाधिकारी काठमाडौंमा 

जिटूजी-सहजीकरण-गरिदिन-सरकार-समक्ष-अपिल

Apr 23, 2024 - 20:34
Apr 23, 2024 - 20:37
 0  2
नेपाली चिया भारत निर्यातमा समस्या आएपछि एसटीपीका पदाधिकारी काठमाडौंमा 


बैशाख १०, काठमाडौं, काव्य घर । इलामको सूर्योदय नगरपालिकामा रहेको सूर्योदय टी प्रोड्युसर एशोसिएशन (एसटीपी) कापदाधिकारीहरुले भारत चिया निर्याचतमा समस्या आएको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगरी एशोसिएशनले आफूहरुको समस्याजानकारी गराउँदै राज्यको ध्यानाकार्षण गराएको हो । 
एसटीपीका अध्यक्ष उत्तमकुमार श्रेष्ठले नेपालको चियालाई विषादी रहेको र गुणस्तरमा कमी भएको कारण देखाएर भारतको वेष्ट बङ्गाल सरकारले विभिन्न निर्यातमा विभिन्न प्रोटोकल लागू गरेको बताए । विभिन्नकारण देखाएर भारत सरकारले नेपालको चियाआयतबन्दगर्ने नीतिलिएको उनको भनाइ छ । इलाम जिल्लामा उत्पादित चियाको गुणस्तर एकदमै राम्रो रहेको उनको दाबी छ । इलामबाट चोरी निकासी भएर गएको चिया भारतमा पुगेर ब्राण्डेड हुने र इलाममै बनेको चाहीँविषादीहुने गरेको उनको भनाइ छ । 
एसटीपीका सचिव गोपाल कट्टेलले भारतमा चिया निर्यातमा सीमा समस्या आइरहेको बताए । पछिल्लो समय भारत सरकारले नेपालबाट जाने चियामा विशेष प्रोटोकल लागू गरेको उनले बताए । उनले पछिल्लो समय नेपालको चिया भारतीय बजारमा जाननसकेको भन्दै सरकारको ध्यानाकार्षण गराए । नेपालको चियाको ९५ प्रतिशतबजार भातर रहेको अवस्थामा पछिल्लो समय नेपाली चियालाई निरुत्साहितगर्ने काम भइरहेको बताए । 
भारतमाचियानिर्यातमा देखिएको समस्याजि टू जीवार्ता गरेर समाधानखोजिनुपर्ने उनीहरुको माग छ । सरकारले चियानिर्यातमाआएको समस्या बेलैमा सम्बोधननगरेको खण्डमा चियाकिसान र उद्योगलाई नाकारात्मक असर पर्ने बताए । आजबिहानै यस समस्याप्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ लाई अवगत गराएको उनले भने । साथै, पूर्व प्रधानमन्त्रीद्वयझलनाथखनाल र केपीशर्मा ओलीलाई पनिजानकारी गराइएको उनले बताए । 


एसटीपीका उपाध्यक्ष अग्निन्दगिरील चियाको सिजन सुरु हुँदै गर्दाकिसान र उद्योगहरु मागमा पर्ने अवस्थाआइपरेको बताए । नेपालमा उत्पादित चिया ९५ प्रतिशत भारतमा निर्भर रहेको उनले बताए । भारतले नेपालको चिया लैजादापहिला–पहिला एक वर्षमा एक पटक चेक गरेर चियालाने नियमलागू गरेको उनले स्मरण गराए । अहिले आएर प्रत्येक गाडीको चिया टेस्टका लागिनमूना पठाएर पास भएपछि मात्रै लाने गरेको उनले बताए । टेस्टका लागि लगेको नमुनाको रिपोर्ट १५÷२० दिनमाआउँदाआफूहरुलाई घाटा  भएको उनले बताए । केही समयअघिसम्म तीन एक पटक टेस्ट गरेपछि तीनमहिनासम्मचियालग्ने नियम रहेको स्मरण गराउँदै उनले ६÷६ महिनामा टेस्ट गरेर चियानिर्यात गर्न सकिने वातावरण निर्माण गरिदिन सरकारको ध्यानाकार्षण गराए । उनले चियावगानहरुमाविषदी पूर्णरुपमा नियन्त्रण भइसकेको उनले दाबी गरे । साथै, व्यवसायी सुजन ढुङ्गेलले राज्यले देशको उत्पादनलाई प्रोत्सहानगर्नुपर्ने बताए । नेपालीचियालाई सरल तरिकाले निर्यात हुने वातावरण बनाइदिनउनले सरकारको ध्यानाकार्षण गराए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि