सरोकारबालाहरु भन्छन् सहकारी समस्यामा सिध्दान्तको दोष

Apr 25, 2024 - 21:08
Apr 26, 2024 - 08:21
 0  6
सरोकारबालाहरु भन्छन् सहकारी समस्यामा सिध्दान्तको दोष

बैशाख १३, काठमाडौं, काव्य घर / सरोकारवालाहरुले सहकारी क्षेत्रमा देखिएका समस्याको भागेदार सहकारीको नीति सिध्दान्त कि पात्र दोषि हो पर्गेल्नुपर्ने बताएका छन् ।


बिहीबार राष्ट्रिय सहकारी महासंघ लिमिटेड पुल्चोकमा सहकारी सम्वन्वय सञ्जालको ५२ औं बैठकका सहभागिहरुले त्यस्त धारणा राखेका हुन् । उनिहरुले सहकारी क्षेत्रमा देखा परेका यावत खाले समस्यालाई उचित ढंगबाट पहिचान गरी समाधान गर्न राज्य र सहकारीको सम्वन्वयात्मक भुमिका हुनुपर्नेमा पनि जोड छ ।


कार्यक्रममा सहकारी विभागका रजिष्टार पिताम्बर घिमीरेले सहकारी क्षेत्रमा देखिएका समस्याको भागेदार सहकारीको नीति सिध्दान्त कि पात्र दोषि हो पर्गेल्नुपर्ने बताएका छन् ।

बिहीबार सहकारी सम्वन्वय सञ्जालको ५२ औं बैठकमा बोल्दै घिमिरेले सहकारीमा देखा परेका यावत खाले समस्यालाई उचित ढंगबाट पहिचान गरी समाधान गर्नुपर्ने बताए । उनले  फलाम तालेको बेलामा हाने मात्र उचित आकार ग्रहण गर्ने भन्दै सहकारीहरुको अहिलेको अवस्था पनि त्यस्तै भएकोले सहकारीको नीति सिध्दान्त मुल्य मान्यतामा समस्या हो कि संचालकका रुपमा रहेका पात्रहरुको समस्या हो पहिचान गर्नुपर्नेमा उनको जोड थियो । समाजवाद उन्मुख अर्थतन्त्रको पहिलो खुड्कीलो,पूँजीबादको चंगुलबाट भुईमान्छेहरु जोगाउने सहकारी क्षेत्रमा आएका यावत खाले समस्याले राम्रा काम गरेका सहकारीहरुप्रति पनि हेर्ने दृष्टिकोण बदलिएको भन्दै सहकारी सरकार र सिंगो सरोकारबालाहरुको सहकार्य र सम्वन्वय जरुरी भएको बताए ।
उनले विभागले सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका खातिर अनुगमन प्रकृया सुरु गरेको भन्नै यस्मा सबै पक्षको साथ र सहयोगको अपेक्षा रहेको बताए ।


 राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवि मल्लको अध्यक्षतामा बसेको बैठकमा विभागका रजिष्टार घिमीरे सहित पशु सेवा विभागका रजिष्टार डा। उमेश दाहाल,नेपाल बचत तथा ऋण सहकारीका चन्द्रप्रसाद ढकाल,नेपाल सूचना तथा सञ्चार सहकारीसंघ लिमिटेडका मनकुमारी जिसी,नेपाल मौरी पालन केन्द्रिय सहकारी संघका जानुका थापा,  नेपाल केन्द्रीय उपभोक्ता संघका चन्द्रबहादुर ठकुरी, नेपाल नगरपालिका संघका कलानिधि देबकोटा लगायतका बक्ताहरुले सहकारी क्षेत्रमा समसामयीक मुध्दा चुनौति र समाधानमा सहकारी र सरकाको साझा अभियान र प्रतिवध्दता जरुरी भएको भन्दै केही कम्जोरीका कारण समग्र सहकारी क्षेत्र वद्नाम भएको प्रति चिन्ता जाहेर गरेका थिए । बक्ताहरुले धारणा राख्ने क्रममा सहकारी ऐन ०७४ कार्यान्वयनमा ढिलाई भएको साथै सहकारीलाई सहकारीको सिध्दान्त विपरीत कम्पनि र फेमीली मोडलबाट चलाउन खोज्दा पनि समस्या आएको बताएका थिए । उनिहरुले सहकारीको सिध्दान्त विपरित अवैध सहकारीले अवैध ठाउँमा लगानी गर्दा पनि समस्या आएको बताएका थिए ।


बैठकले केही सहकारी संस्थाले सदस्यहरुको बचत फिर्ता गर्न नसक्दा सहकारी क्षेत्र नै वद्नाम हुने जोखिम बढ्दै गएकोले सम्बन्धित संस्थाको लगानी असुली तथा जायजेथा बेचविखन गरी सदस्यहरुको बचत फिर्ता एवं ऋणीहरुले भुक्तानी गर्नुपर्ने ऋण रकम असुुली कार्यमा सहजीकरण गर्न सम्बध्द सबै पक्षलाई आव्हान गर्ने निर्णय गरेको छ ।
यस्तै सहकारी क्षेत्रका प्रति देखिएको गलत प्रचार बाजीलाई निराकरण गर्दै आम समुदायलाई आस्वस्त पार्नका लागि सहकारीले उत्पादन बृध्दि,वित्तिय सेवा प्रवाह,रोजगार सृजना गर्न तथा सामाजिक सशक्तिकरणमा युर्याएको योगदानको प्रचार प्रसार गर्दै सहकारीको जनप्रियता वृध्दि गर्न संजालमा आवध्द निकाय तथा संघ संस्थाहरुले विभिन्न प्रवध्दनात्मक  कार्य गर्ने समेत निर्णय गरेको छ । यस्तै आगामी वार्षिक निति तथा कार्यक्रममा सहकारी क्षेत्र मार्फत उत्पादन वृुध्दि रोजगार सृजना तथा गरिबी निवारणका लागि ठोस नीति  योजना र कार्यक्रम सहकारी महासंघद्वारा पहल कदमी गर्ने निर्णय गरेको छ ।

-विमला ढकाल

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि