तेस्रो पुस्ताले मोरङ उद्योग ब्यापार संघको कार्यभार सम्हाल्दै - अध्यक्षमा अनुपम राठी मोरङ 

May 7, 2024 - 21:42
 0  5
तेस्रो पुस्ताले मोरङ उद्योग ब्यापार संघको कार्यभार सम्हाल्दै  - अध्यक्षमा अनुपम राठी मोरङ 


 बैशाख २५,मोरङ, काव्य घर/ उद्योग व्यापार संघ (साविकःमोरंग व्यापार संघ) को ३४औँ कार्यसमिति सदस्यहरुको निर्वाचन बैशाख २४ गते सफलता पूर्वक सम्पन्न भएको छ । संघको विधान/ नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यको लागि निर्वाचन भएकोमा त्यहि संख्याको उम्मेदवारी दर्ता हुनगई सोही उम्मेदवाहरु संघको ३४औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएका छन् ।

 निर्वाचनबाट वाणिज्य क्षेत्र तर्फ अनिलकुमार साह, संजय कुमार श्रेष्ठ, शुशिल सुराना,विवेक अग्रवाल,मनिषकुमार मारु,अनिल सारडा,राजेश कुमार अग्रवाल र दिपेश सुवेदीनिर्विरोध निर्वाचितभएका छन् भने उद्योग क्षेत्र तर्फ देवाशिषगोल्छा, विनित सिंघानिया, अमितकुमार शारदा,अनुपम राठी, अमित राठी,आशिषजाजु,पवन राठी, बिकास कुमार बेगवानी निर्विरोध निर्वाचित भएका छन् ।


त्यसका साथै, सम्पन्न संघको नवगठित ३४औँ कार्यसमितिको बैठकले पदाधिकारीहरुको समेत चयन गरेको छ । संघको ३४औँ कार्यसमितिको अध्यक्षमा अनुपम राठी, वरिष्ठ उपाध्यक्षमा अनिलकुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा बिकास कुमार बेगवानी, महासचिवमा संजय कुमार श्रेष्ठ, सचिवमा अमितकुमार शारदा,कोषाध्यक्षमा राजेश कुमार अग्रवाल तथा प्रवक्ताका रुपमा दिपेश सुवेदीलाई चयन भएका छन् ।

बैठकमा संघको नियम बमोजिम सम्वद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओम प्रकाश शर्मा, संघका शाखाहरु तर्फबाट कृष्ण प्रसाद रिजाल र नवनिर्वाचित अध्यक्षबाट श्रीमती बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीयकार्य समिति गठन भएको छ । संघको नियम बमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकार रहने भएका छन् ।अतिरिक्त, ३४औँ कार्यसमितिले बिनोद बोहरा,डा.दिपेन्द्र नौलखा,पंकजगोयल र संजिव श्रेष्ठलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गर्नुका साथै संघको युवाउद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रीमती श्रुती शर्मालाई मनोनयन गरेको छ । अध्यक्षमा अनुपम राठी निर्वाचित भएसँगै ए के राठी समुहले विगत तीन पुस्तादेखि मोरङ उद्योग ब्यापार संघलाई नेतृत्वगर्दै आईरहेका छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि