उदयपुरमा नौ सय चौध जनामा डेंगु संक्रमण
असोज २६,उदयपुर, काव्य घर । गत साउन महिनादेखि आजसम्म उदयपुरमा ९ सय १४ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जम्मा ३ हजार ४ सय ८५ जनाको रगत परिक्षण गरिएकोमा ९ सय १४ जनामा डेंगुको संक्रमण देखिएको र मृत्यु कसैको पनि नभएको स्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत उमेश लुइटेलले बताएका छन् ।
त्रियुगा नगरपालिकामा ५सय ६ जना, कटारी नगरपालिकामा ८४ जना, चौदण्डीगढी नगरपालिकामा १२६ जना, बेलका नगरपालिकामा १९६ जना र उदयपुरगढी र ताप्ली गाउँपालिकामा १ १ जनामा संक्रमण भएको तथ्यांक अधिकृत लुइटेलले बताए ।
उदयपुर जिल्ला अस्पतालमा भने २ हजार २ सय ५२ जनामा रगत परिक्षण गर्दा ५ सय ५७ जनामा डेंगु संक्रमण देखिएकोमा ३५ जनालाई अस्पतालमा भर्ना गरी उपचार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.ज्ञानेन्द्र झाले बताए ।
डा. झाका अनुसार डेंगु रोग लागेका बिरामी मध्ये कडा रोग लागेकालाई थप उपचारकालागि तथा विशेषज्ञ सेवाकालागि बाहिर रेफर गरेको र जिल्ला अस्पतालमा उपचार गर्नेहरुकालागि विशेष निगरानी राखेर उपचार गराइएकोले समय मै निको भएको बताए ।
जिल्ला खस्पतालमा जममा ५० बेड क्षमता भए पनि ८५ जनासम्मलाई सेवा प्रदान गरेको जानकारी दिंदै अस्पतालमा जनशक्तिको अभाव, सेवा विस्तारमा भौतिक पूर्वाधारको अभावका वावजुद पनि सेवा प्रदान भैरहेको बताए ।
असोज २० गतेपछि डेंगुका बिरामी उपचारकालागि नआएको जानकारी दिंदै स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत लुइटेलले गर्मीको समय सकिएकोले अब डेंगु रोग हराउने बताए ।
उदयपुर जिल्ला अस्पतालमा २०८० साउनदेखि असोज २५ गतेसम्ममा स्क्रबटाइफसबाट पीडित २४११ जनाको परीक्षण गरेकोमा ९ सय ७० जनामा पोजिटिभ देखिएको अस्पतालको तथ्यांक शाखाले जनाएको छ ।
What's Your Reaction?