रुपाखेतीको निर्देशनमा ‘सुगा नाच्छे पिंजडामा’ सार्वजनिक 

Oct 13, 2023 - 03:15
Oct 13, 2023 - 03:17
 0  6
रुपाखेतीको निर्देशनमा ‘सुगा नाच्छे पिंजडामा’ सार्वजनिक 


असोज २६, काठमाडौं, काव्य घर । कृष्णदेव रुपाखेतीको निर्देशनमा निर्मित तथा अभिनेता पुष्प खड्का,अभिनेत्री गरिमा शर्मा अभिनित सुगम संगीतमा आधारित म्युजिक भिडियो  सार्वजनिक  गरिएको  छ ।


कृष्णदेव रुपाखेतीको निर्देशनमा निर्मित तथा अभिनेता पुष्प खड्का र अभिनेत्री गरिमा शर्मा अभिनित सुगम संगीतमा आधारित म्युजिक भिडियो शुक्रवार सार्वजनिक  गरिएको  छ ।

गीतकार चिन्तामणि सिवाकोटीद्वारा रचना गरिएको ‘सुगा नाच्छे पिञ्जडामा’ गीतलाई अर्जुन पोखरेलले संगीतबद्ध गरेका छन् भने ,गायक प्रताप दास तथा गायिका एलिना चौहानको यूगल स्वरले  सजीवता प्रदान गरेको छ । उक्त गीतको संगीत संयोजक बिषम आचार्य रहेका छन् । 

नगरकोटको टायो इको रिसोर्टबाट आकर्षक लोकेशनमा  छायांकार मुकेश हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोमा राहुल बराईलीको सुन्दर कोरियोग्राफी छ भने यसलाई बिनोद बामले सम्पादन गरि आकर्षक रुपमा प्रस्तुत गरेकाछन् ।
-जयराम बिडारी 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि