छालालाई कसिलो कसरी बनाउने ? – नारायण भट्टराई
आफ्नो अनुहार चम्किलो र सुन्दर भएको र अरुका सामुमा आफु आकर्षक भएको हेर्न कसलाई पो मन नहोला र । बजारमा पाइने अनेक थरिका श्रृङ्गारका सामग्री प्रयोग गर्दा पनि आफु भनेजस्तो सुन्दर र चम्किलो हुन नसक्दा कतिपयलाई मनमा खिन्नता भइरहेको हुन्छ । यस्तो समस्याबाट हामी आफ्नो नै घर वरिपरि भएका खाद्य एवं उपभोग्य जडिबुटीबाट नै छुटकारा पाउन सक्छौं । मात्र ती प्राप्त वस्तुलाई प्रयोग गर्ने तरिकाबारे जानकार हुनु जरुरी छ । याद गर्नुहोस् तीनै चिज प्रयोग गर्न जानिएन भने हामीलाई उल्टो असर पनि गर्न सक्छ । हो, यस्तै असर समस्याबाट मुक्त हुँदै हाम्रो छालालाई कसिलो पार्नका लागि यहाँ केही टिप्सहरु प्रस्तुत गरिएको छ । यसको प्रयोगको केही समयभित्रै तपाईको शरीरको कुनैपनि भागको छाला कसिलो र चम्किलो बन्न मद्धत पुग्नेछ ।
दुई चियाचम्चा बेसनमा एउटा अण्डाको सेतो भाग तथा राम्रो पाकेको एउटा केरा मिसाउने । अनुहारमा लगाएर १५ मिनेटपछि मनतातो पानीले पखाल्ने ।
एउटा आरुको बियाँ निकालेर गुदीको पेस्ट बनाउने । त्यसमा अण्डाको सेतो भाग र ओलिभ आयल मिसाएर अनुहारमा लगाउने र २० मिनेटजति त्यसै छाड्ने । सुकेपछि मनतातो पानीले धुने ।
एक चियाचम्चा ब्रान्डीमा दुई चियाचम्चा दूध अथवा कागतीको रस मिसाएर कपासको सहायताले अनुहार र गर्दनमा लगाई १५ मिनेटपछि चिसो पानीले पखाल्ने ।
काँक्राको रसमा दुई चम्चा ओटमिल मिसाउने र यसको पेस्टलाई आँखा वरिपरि नपारी अनुहारमा लगाउने । १० मिनेटपछि चिसो पानीले अनुहार धुने ।
यदि तपाइँको सामान्य छाला छ भने यी माथिका तरिका प्रयोग गर्न सक्नुहुन्छ । यदि सामान्य किसिमको छाला नभई केही तैलीय वा चिल्लो प्रकारको छाला छ भने निम्न अनुसार नयाँ तरिका अवलम्बन गर्न सक्नुहुन्छ ।
एक टुक्रा केरा, आधा चम्चा चन्दन पाउडर, मौसमको रस, एक चिम्टी बेसार एकै ठाउँमा मिसाउने । यसरी बनेको पेस्ट अनुहारमा लगाएर १५ मिनेटपछि पखाल्ने ।
अम्बकको रसमा थोरै बेसार मिसाएर बनाइएको पेस्ट अनुहारमा लगाउने र सुकेपछि मनतातो पानीले राम्ररी सफा गर्ने ।
दुई चियाचम्चा बदामको पेस्ट बनाउने । त्यसमा एक चिम्टी बेसार, एक चियाचम्चा मेवाको पेस्टसमेत मिसाएर अनुहारमा लगाउने १० मिनेटपछि मनतातो पानीले सफा गर्ने ।
एन्टी रिंकल प्याक
एक चियाचम्चा मिल्क पाउडर, दुई थोपा बदामको तेल, दुई चियाचम्चा ताजा गुलाबको पूmल पिसेर तयार पारिएको पेस्टमा अलिकति मह मिसाउने । काँचो दूधमा कागतीको रस मिसाएर कपासको सहायताले अनुहार सफा गर्ने । त्यसपछि उक्त प्याक अनुहारमा लगाएर २० मिनेटपछि मनतातो पानीले सफा गर्ने ।
चार चियाचम्चा मजिस्ठा पाउडर, आधा चियाचम्चा मेवाको गुदी, आधा चियाचम्चा अश्वगन्धा पाउडर, केही थोपा बदामको तेल, आवश्यकता अनुसार एलोबेरा जेल मिलाई पेस्ट बनाउने र अनुहारमा लगाउने ।
एक चियाचम्चा महमा एक चियाचम्चा बेसन, दुई चिम्टी बेसार, छ थोपा जैतुनको तेल मिसाएर प्याक तयार गर्ने । यसलाई नियमित रूपमा अनुहारमा लगाउने ।
दुई टेबल स्पुन मायोनाइसमा आधा चियाचम्चा ग्लान्ड गरिएको काँक्रा तथा अण्डाको सेतो भाग मिसाएर अनुहारमा लगाउने र १० मिनेटपछि चिसो पानीले पखाल्ने ।
कागती, भेजिटेवल आयल तथा महको मिश्रण बनाइ अनुहारमा राम्ररी लगाउने ।
स्याउलाई लेदो (पेस्ट) बनाई अनुहारमा लगाउने । सुकेपछि चिसो पानीले धुने ।
आठ ग्राम बदामको तेलमा १२ ग्राम चन्दन पाउडर, चारवटा अण्डाको सेतो भाग, २५ मिलिलिटर गुलाब जल मिसाई अनुहारमा लगाउने ।
एउटा नन मेटालिक प्यानमा अण्डाको सेतो भाग फिटेर हाल्ने । त्यसमा थोरै गुलाबजल मिसाई आधा मिनेटसम्म उमाल्ने त्यसमा बदामको तेल तथा चन्दन पाउडर राम्रोसँग मिसाएर बेतलमा भर्ने । यसलाई थोरैथोरै मात्रामा नियमित रूपमा अनुहार लगाउने । सुकेपछि माथिबाट तल गर्दै निकाल्ने र सफा पानीले अनुहार धोई मोइस्चराइजर लगाउने ।
पिम्पल प्याक
एक चियाचम्चा मुल्तानी माटो, एक चिम्टी कपुर पाउडर, थोरै गुलाब जल, एक चियाचम्चा ओलिभ आयल मिसाउने । उक्त मिश्रणलाई अनुहारमा लगाएर सुकिसकेपछि मनतातो पानीले पाखाल्ने ।
आधा चियाचम्चा फिटकिरी पाउडरमा आधा चियाचम्चा कागतीको रस तथा एक चियाचम्चा पानी मिसाएर डन्डीफोरमा लगाउने । सुकेपछि अनुहार धुने ।
एक चियाचम्चा मुल्तानी माटोमा २ चियाचम्चा एस्ट्रिजेन्ट मिसाएर लगाउँदा डन्डीफोर बिस्तारै हराउँछ ।
नियमित रूपमा राति सुत्नुअघि मनतातो पानीमा एक चियाचम्चा मह तथा एक चियाचम्चा त्रिफला चूर्ण मिसाएर पिउँने । यसले अनुहारमा चमक ल्याउँछ । दाग तथा धब्बा हटाउन
आधा चियाचम्चा ग्लिसिरिनमा कागती, काँक्रा वा आलुको रस तथा थोरै मात्रामा गुलाबजल मिसाएर अनुहारमा लगाउने । नियमित रूपमा अनुहारमा यो प्याक लगाउँदा दाग–धब्बा क्रमशः हराउँदै जान्छ ।
दुईवटा गोलभेंडालाई लेदो बनाई त्यसमा १२ थोपाजति कागतिको रस मिसाउने र अनुहारमा लगाउने ।
कागतीको रसमा आलुको रस मिसाएर अनुहारमा लगाउने ।
हलेदोमा कागतीको रस मिसाएर अनुहारमा लगाउने ।
कागतीको बोक्रा पिस्ने, त्यसमा थोरै सख्खर मिसाएर छालाको कालो भएको भागमा लगाउनाले दाग हराएर जान्छ ।
सुख्खा छालामा दाग–धब्बा छ भने काँचो दूधमा चन्दन मिसाएर लगाउनाले दाग–धब्बा हराएर जान्छ ।
डढेको छाला भएमा
दुई चियाचम्चा दहीमा गोलभेंडाको रस तथा अनोटमिल मिसाउने । यो पेस्टलाई अनुहारमा लगाएर २० मिनेटजति रहन दिने । सुकेपछि चिसो पानीले पखाल्ने ।
पिसेको सुन्तलाको बोक्रा दहीमा मिसाएर अनुहारमा लगाउने र २० मिनेटपछि चिसो पानीले पखाल्ने ।
ताजा पुदिनाको पात पिस्ने । त्यसलाई अनुहारमा लगाएर सुकेपछि सफा चिसो पानीले धुने ।
आधा चियाचम्चा सुन्तलाको रसमा आधा चियाचम्चा चन्दन पाउडर तथा अधा चियाचम्चा मेवाको गुदी मिसाएर अनुहारमा लगाउने ।
एक चियाचम्चा बेसनमा आधा चियाचम्चा कागतीको रस र दुई चियाचम्चा काँचो दूध मिसाएर अनुहारमा लगाउने । यो उपाय नियमित अवलम्बन गर्दा सनबर्न (छाला डढेको) हटेर जान्छ ।
आकस्मिक मेकअप
हतारमा पार्टी एटेन्ड गर्नु छ र आपूmसँग पर्याप्त मात्रामा सौन्दर्य प्रसाधन छैन भने तत्कालको समस्या टार्ने केही उपाय यसप्रकार छन् ।
फाउन्डेसन सकिएको अवस्था छ भने लुज पाउडर वा कम्प्याक्ट प्रयोग गर्ने । त्यो पनि छैन भने कन्सिलरमा मोइस्चराइजर मिसाएर फाउन्डेसजस्तै बनाउने ।
कन्सिलर सकिएको छ भने फाउन्डेसको बिर्को वा मुखमा जमेको बाक्लो फाउन्डेसलाई कन्सिलरजस्तै गरी प्रयोगमा ल्याउन सकिन्छ । यसलाई रिंग फिंगरको सहायताले हल्का रूपमा लगाउनु उत्तम हुन्छ ।
मस्करा छैन भने पेट्रोलियम जेली प्रयोग गर्न सकिन्छ । हातका सहायताले आइल्यासेसमा हल्का पेट्रोलियम जेली लगाउँदा पर्पेmक्ट लुक्स आउँछ ।
आइलाइनरको साटो आइस्याडो प्रयोग गर्न सकिन्छ । आइलाइनर ब्रसलाई पानीमा भिजाएर डार्क कलरको आइस्याडोमा चोब्ने र डीप गरेर आइलाइनर जसरी नै आँखामा लगाउने ।
आइस्याडो सकिएको छ भने ब्रन्ज वा ब्राउन ब्लसलाई स्याडो बनाएर लगाउन सकिन्छ । यद्यपि यसलाई लगाउँदा निकै सचेत हुनुपर्छ । धेरै मात्रामा नलिई थोरै ब्लसलाई हातमा लिई अप्लाई गर्नुपर्छ ।
हेयर सिरम नभएको अवस्थामा हेन्ड, बडी लोसन वा फेस मोइस्चराइजरलाई सिरम जसरी नै केशमा लगाउन सकिन्छ । चिपचिप हुनबाट जोगिन हातमा मोइस्चराइजरको केही थोपा राखेर रब गर्दै हल्का रूपमा लगाउने ।
आइलाइनर सुख्खा भएको छ भने त्यसको प्रयोग गर्नुअघि केहीबेर बल्बको नजिक राखिदिने ।
अफिसबाट सिधै पार्टीमा जानु छ र ब्लस घरमैं बिर्सिएको भए लिपिस्टीकलाई हातमा हल्का लिने र ब्लसजस्तै गरी चिकबोनमा अप्लाई गर्ने ।
आँखाको तल्लो भागमा डार्क सर्कल देखापरेको छ भने लाइट सेडको फाउन्डेसन लगाउने । यसले डार्क सर्कल छोपिदिन्छ ।
स्मोकी लुक्सका लागि इयर कटन बडद्वारा गाजललाई आइडिलमा रब गर्ने ओठमा लगाइने लिप पेन्सिलको माध्यमले गाजल लगाइएको स्थानमा हल्का कोर्ने र कटन बडले स्पञ्ज गर्ने ।
अनुहार थकित देखिएको छ भने क्रिमद्वारा हल्का मसाज गर्ने जसले छालमा इन्स्टेन्ट ग्लो ल्याउँछ ।
अनुहार निन्याउरो देखिएको अवस्थामा एउटा मुलायम कपडालाई मनतातो पानीमा भिजाएर अनुहारमा राखी बिस्तारै दबाउने । यसले ब्लड सर्कुलेशन बढाएर छालालाई कसिलो बनाउँछ । त्यसपछि अनुहारमा चिसो पानी छम्कने ।
थाकेको आँखाका लागि चिसो गुलाबजलमा कपास भिजाएर १० मिनेटसम्म आँखामाथि राख्ने ।
मोइस्चराइजर नभएको अवस्थामा केश तथा छालालाई मोस्चर दिन कन्डिसनर लगाउन सकिन्छ । कन्डिसनर बडीमा लगाएर नुहाउने ।
केश चिपचिप भैरहेको छ तर केश नुहाउने फुर्सद छैन भने हेयर ब्रसमा परप्mयुम स्पे्र गरी केश ब्रश गर्ने ।
केश सुख्खा भएर फुङ्ग उडिरहेको छ भने हात पानीले भिजाएर अलिकति मोइस्चराइजर हातमा लिने र टाउकोभरि हात घुमाउने । त्यसपछि केशलाई फ्रेन्च ट्वीस्ट गर्ने । १० मिनेटपछि खोल्दा केश मुलायम देखिन्छ ।
आइस्याडोमा धेरै पैसा खर्च गर्ने चाहना छैन भने कम्प्याक्ट किन्ने । यो तुलनात्मक रूपमा सक्तो हुन्छ । यसको सहायताले विभिन्न सेड बनाउन सकिन्छ ।
हतारका बेला आइस्याडो स्टिक उपयुक्त हुन्छ । लगाउन सजिलो र किन्दा सस्तो पनि पर्ने आइस्याडो स्टिकले सुन्दरता बढाउन मद्दत पु¥याउँछ ।
यसरी सानो आर्थिक लगानी मैं घरमैं आपूm आपैmले श्रृङ्गार गरी सुन्दर एवं चम्किलो देखिन सकिन्छ । यसबाट एकातिर व्यस्त समयमा समयको पनि बचत हुन्छ भने अर्कातिर कम खर्चमा नै आप्mनो सौन्दर्य बढाउन सकिन्छ ।
What's Your Reaction?