सूर्यविनायक नगर अस्पताल जगातीमा 

Jun 6, 2023 - 17:08
Jul 5, 2023 - 15:59
 0  24
सूर्यविनायक नगर अस्पताल जगातीमा 


 २०८० जेष्ठ २३ भक्तपुर / काव्य घर नेपाल , नेपालमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निक्कै उन्नती भएको छ । कोरोनाका कारण धेरैले ज्यान गुमाएसँगै स्वास्थ्य प्रति जनचेतना जागृत पनि भएकै छ । यसै शिलशीलामा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाले आफ्ना नगरबासीको स्वास्थ्यप्रति अत्यन्तै गम्भिर भई जगातीमा नगर अस्पताल स्थापना गरि सञ्चालनमा ल्याई रहेको छ । नगरबासीहरुलाई यस अघि उपचारका लागि भक्तपुर जिल्ला अस्पताल दुधपाटी जानु पर्ने बाध्यता थियो भने कित ठिमी मध्यपुर अस्पताल र कोरियान अस्पताल जानु पर्ने र जान नसक्नेहरु स्वास्थ्य चौकी र जगाती र सूर्यविनायक आसपासका मेडिकलको भर पर्नु पर्ने अवस्थाको अन्त्यय भएको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा निर्माण भएको उक्त अस्पतालमा कार्यकारी निर्देशकका रुपमा चिकित्सक सागर कुमार राजभण्डरी हुनुहुन्छ ।

 स्थापनाको १ वर्ष पुरा गरेको सो अस्पतालले विस्तारै सुविधाहरु बढाउँदै गएको र भविष्यमा नर्सिङ्ग स्टाफ पढाउँने र रेडियो ग्राफिकहरु उत्पादन गर्ने लक्ष्य रहेको डा. सागरले हामीलाई बताउँनु भयो । भविष्यमा यो अस्पताल ट्रमा अस्पतालका रुपमा विकास गर्ने साथै अहिले सिमित विरामी सैया भए पनि १०० सैयाको अस्पताल बनाई मिगौला विरामीका लागि पनि छिट्टै डायलाशिसको सेवा शुरु गर्ने तयारीमा रहेको समेत बताउँनु भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि