अमेरिकामा बेपत्ता पारिएका दुइ बालबालिकाको सकुशल उद्वार

Jun 28, 2023 - 18:09
 0  15
अमेरिकामा बेपत्ता पारिएका दुइ बालबालिकाको सकुशल उद्वार

असार १३ काठमाडौ ,काव्य घर नेपाल /अमेरिकाको फ्लोरिडाबाट बेपत्ता पारिएका दुई बालबालिका विस्कन्सिनमा बेवारिसे अवस्थामा उद्वार गरिएको छ ।

प्रहरीका अनुसार विसकनसिन राज्यको मिलवाकी पार्क(उद्यान)मा छाडेको अवस्थामा उनीहरूलाई बच्चाको हेरचाह गर्ने महिलाले कथित रूपमा फ्लोरिडाबाट विस्कन्सिन ल्याएकी अधिकारीहरूले सोमबार बताए ।

बे काउन्टी शेरिफको कार्यालयका अनुसार एडलिन जीन बुर्केटले शुक्रबार देखि शनिबार राति १ र २ वर्षका बच्चाहरूलाई हेरचाह (बेबीसिट )गर्नु पर्ने थियो। बच्चाकी आमा जसले उनी बुर्केटलाई साथी हो भनेर विश्वास गरेकी थिइन् ।

१८ वर्षीया महिलालाई त्यो राती आफ्नो गाडी प्रयोग गर्न समेत अनुमति दिएकी थिइन् । आमाले बुर्केटले आफ्ना छोराछोरी र आफ्नो गाडीको साथ राज्य छोडेर भागेको शनिबार प्रहरीलाई सम्पर्क गरेकी थिइन् । बर्केटको साथमा मिलवाकीका २२ वर्षीय पुरुष मार्क्वान एल एडवर्ड्स पनि रहेको प्रहरीले बताए ।

आइतबार एक बालक हराएको चेतावनी सूचना समेत जारी गरिएको थियो। बालबालिकाहरु आइतबार राति सकुशल फेला परेको प्रहरीले जनाएको छ ।

अधिकारीहरूले बुर्केट र एडवर्ड्सलाई सोमबार मिलवाकीको घरमा भेट्टाए र उनीहरूलाई पक्राउ गरे। आपराधिक आरोपहरू मिलवाकी काउन्टी जिल्ला अधिवक्ताको कार्यालयमा पठाइनेछ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि