एकीकृत ट्रेड युनियन महासंघको सातौ बैठक काठमाडौमा

Jul 13, 2023 - 06:54
Jul 13, 2023 - 10:01
 0  16
एकीकृत ट्रेड युनियन महासंघको सातौ बैठक काठमाडौमा

असार २७, काठमाडौं काव्य घर  । एकीकृत ट्रेड युनियन महासंघ राष्ट्रिय कमिटिको सातौ बैठक काठमाडौमा अध्यक्ष बिष्णु लम्सालको अध्यक्षतामा  सम्पन्न भयो । बैठकमा सबै केन्द्रीय सदस्यहरूले आ–आफ्नो क्षेत्र को रिपोर्टिङ गर्दै बैठकको शुरूवात भएको थियो ।
 बैठकले केन्दिय सदस्यहरूको कार्य बिवाजन तथा जिम्मेवारी बाडफाड गर्दै ११ वटा विभाग गठन गरेको छ । आगामी दिनमा राष्ट्रिय युवा श्रमिक संगठन र राष्ट्रिय महिला श्रम्रिक संगठनक‍ राष्ट्रिय सम्मेलन ८ मार्चमा गर्ने प्रस्ताव समेत पास गरेको छ ।
कार्यलय ब्यवस्थापन गर्ने र महासंघलाई सामाजिक सुरक्षा कोषमा सुचिकरणा गर्ने जस्ता महत्वपुर्ण निर्णय बैठकले गरेको थियो । बैठकले जिफन्टको इतिहास बोकेका र माओवादी सम्बद्ध ट्रेड युनियनका उद्दव प्रसाद राउतलाई संगठनमा प्रवेस गराई  केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय समेत गरेको छ । जिफण्डका नेता सुर्य कुवर माओवादी ट्रेड युनियनका उद्द्व प्रसाद राउतले संगठनमा प्रवेश गर्नु भयो भने उहाँहरुलाइ राष्ट्रिय कमिटीमा समाबेश गरेर लगिएको छ ।
सामाजिक सुरक्षा कोषको बारेमा सह निर्देशकले सामाजि सुरक्षा कोषमा औपचारिक- अनौपचारिक क्षेत्रका श्रम्रिकहरूलाई आबद्ध गराउने तथा कोषमा आबद्ध हुदाँका फाइदाको बारेमा जानकारि गराउनु भयो । बैठकको सञ्चालन महासचिव दिपक पौडेलले गर्नु भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि