अखिल नेपाल कबड्डी संघको अध्यक्षमा -पुन थापा

Jul 13, 2023 - 10:59
 0  7
अखिल नेपाल कबड्डी संघको अध्यक्षमा -पुन थापा
असार २८,काठमाडौ काव्य घर। अखिल नेपाल कबड्डी संघको अध्यक्षमा तुलसी थापा निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि चयन भएकी हुन् । मंगलबार भएको अधिवेशनबाट थापाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको हो । संंघको उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी, महासचिवमा अरबिन्दकुमार झा, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित भए । यसैगरी सदस्यमा तेजबहादुर विष्ट, निराजन श्रेष्ठ, जनक चौधरी, जयबहादुर बोहरा, विन्दु थापामगर, भगवती अधिकारी, निर्मलाकुमारी विसी, शरद दर्शनधारी, राजकुमार क्षेत्री, उमालाल यादव र धीरेन्द्र राजवंशी चुनिए । यस विषयमा बुधबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको थियो । संघले, साधारण सभामापछि गरिने कार्यको फेहरिस्त पनि प्रस्तुत गरेको छ ।
एक महिना भित्र कार्यालय व्यवस्थापन ६ महिना भित्र २०३७ साल देखि २०८० सम्म सम्पन्न अन्तराष्ट्रिय कवड्डी पदकधारीलाई सम्मान गर्ने, अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गर्ने, प्रशिक्षक तालीम दिने तथा महिला शसक्तिकरण कार्यक्रमलाई निरन्तरता दिनेलगायतका कार्यक्रमहरु रहेका छन् । त्यस्तै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नेपालमा कबड्डी विस्तारका लागि केही दिर्घकालिन योजनासहित अघि बढ्ने निर्णय समेत गरेको छन् । यस विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्व सांसद समेत रहेकी थापाले कबड्डी संघले आफ्ना कामको प्रचार प्रसार गर्न नसकेको बताईन् । उनले कार्यक्रममा बोल्दै भनिन् कबड्डी संघको बारेमा खासै प्रसार भएको देखिदैन । त्यसैले हामी अगामी दिनमा के काम गर्छौ भन्ने कुराको जानकारीसहित हाम्रो कामको मुल्यांकन गर्दै राष्ट्रको लागि खेलकुद सधँ रहिरहन्छ भन्न चाहान्छु । खेलाडीहरुको जनजीवनमाथि उठाउनको लागि आज खेलाडीहरुको दयनीय अवस्था छ, त्यसलाई समाधान गर्न खेलाडीहरुलाई सम्मान र उनीहरुको जिविकोपार्जनको लागि राज्यले काम गर्नु पर्छ । ’ संघको अधिवेशनमा देशका ४२ जिल्लाका प्रतिनिधि सहभागी भएको आयोजक समितिले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि