एनसेलको सेयर खरिद बिक्रीबारे छानबिन हुने 

अध्ययन तथा छानविनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारवाहीको दायरामा ल्याइनेछ

Dec 6, 2023 - 01:35
 0  7
एनसेलको सेयर खरिद बिक्रीबारे छानबिन हुने 


२०८०,मंसिर२०, काठमाडौं , काव्य घर । नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिद बिक्रीबारे विस्तृत छानबिन गर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल गरेलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गरी छानबिन गर्ने बताएको हो । हिजो बसेको बैठकले विज्ञप्तिमा भनिएको छ । सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिद बिक्रीका सम्वन्धमा प्रकाशित समाचारप्रति नेपाल सरकारको गभ्भीर ध्यानाकर्षण भएको छ । सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिद बिक्रीका सम्वन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना गर्नु पर्ने उल्लेख गरिएको छ । यस अध्ययन तथा छानविनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारवाहीको दायरामा ल्याइनेछ । नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको छ । संचार तथा सुचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवत्ता रेखा शर्माद्धारा हस्ताक्षति विज्ञप्तिमा उल्लेख गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि