मिटर ब्याजी पीडितहरुको उजुरी उपर छानबिन सुरु ।

Jun 22, 2023 - 21:46
Jun 23, 2023 - 11:30
 0  30
मिटर ब्याजी पीडितहरुको उजुरी उपर  छानबिन सुरु ।

असार ८ काठमाडौ /काव्य घर नेपाल ,जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याज सम्बन्धी उजुरी दर्ता गर्नेहरूको संख्या १८ हजार पुगेको छ। मिटर ब्याज जाँचबुझ आयोग गठन भएसँगै जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याजी विरूद्ध मुद्दा दर्ता हुन थालेको थियो।

 वैशाख १७ गते दर्ता भएको उक्त आयोगले काम थालेसँगै आजसम्म १८ हजार ७१ वटा उजुरी परेको गृह मन्त्रालयले जनाएको छ। यसरी उजुरीहरू मधेस प्रदेशका जिल्ला प्रशासन कार्यालयमा धेरै परेका हुन्। जसमध्ये सबैभन्दा धेरै मिटरव्याजको उजुरी बारामा परेको छ। त्यहाँ मात्रै ३ हजार ३२२ जना पीडितले उजुरी दर्ता गराएका छन्। सिराहामा २९२०, धनुषामा २६१५, महोत्तरीमा २३३६, रौतहटमा २०५८, सर्लाहीमा १९२०, सप्तरीमा १५७९ र पर्सामा १३२१ वटा उजुरी परेको छ।

 यसरी उजुरी परेकामध्ये अहिलेसम्म दुई वटा मात्रै मुद्दा दर्ता भएको छ। धनुषा र सप्तरीमा मात्रै एक एक वटा मुद्दा दर्ता भएको छ । यस्तै अनुसन्धानको क्रममा ७ जना पक्राउ समेत परिसकेका छन्। तीन जना सिराहा र चार जना सप्तरीका पक्राउ परेका हुन्। जसमध्ये तीन जना पुरूष र चार जना महिला छन्। अहिले आयोगले १३९ वटा घटनामा दुईपक्षमा छलफल गरिरहेको छ। उजुरी परेकोमध्ये १२६ वटाको मिलापत्र समेत भइसकेको गृहमन्त्रालयले जनाएको छ।

झापाका मिटर ब्याजी पीडितहरुले पिडकलाई कार्वाही होस भन्दै पटकपटक धर्ना कार्यक्रम गरिरहेका छन ।झापामा मात्रै १०२ जना पीडितहरुले आयोगको कार्यालयमा उजुरी दिएका छन ।

मिटर ब्‍याज सम्बन्धी जाँचबुझ आयोगले जनकपुरमा कार्यालय स्थापना गरी काम गरिरहेको हो। यस आयोगमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की अध्यक्ष छन्। पूर्व नायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्व एआइजी उत्तमराज सुवेदी सदस्य छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि