कवि ‘भावुक’ को १६ औं कृति तथा भीष्मराज ढुङ्गेलको तेस्रो कृति एकसाथ लोकार्पण
नोबेल साकोस साहित्य संस्थाको आयोजनामा कवि श्यामबहादुर खड्का ‘भावुकको’ १६ औं कृतिका रुपमा ‘सिर्जनाको आधा आकाश’ लोकभाकामा आधारित कविता संग्रह र भीष्मराज ढुङ्गेलको तेस्रो कृतिका रुपमा ‘सम्मिश्रण’ निवन्ध संग्रह एक भव्य कार्यक्रमका बीच लोकार्पण गरिएको छ
उक्त कार्यक्रममा कवि श्यामबहादुर खड्का भावुकले साहित्य सिर्जनामा २०५२ सालदेखिको निरंतर रुपमा क्रियाशील रहि अधुरो सपना उपन्यास,सुन्तली हर्के खण्डकाव्य,अठोट खण्डकाव्य,होसियार कवितासंग्रह , सम्झनाको दियो दरवार घटना,मौन खवरहरु ग़ज़ल संग्रह, जिन्दगीका कथा व्यथा असारे खण्डकाव्य,भावनामा भद्रकुमारी घले लोककाव्य, पश्चिमका तारा लोककाव्य, गुल्मीका सुवास रामप्रसाद पन्त लोककाव्य, फक्रिएका तेइस थुङगा लोककाव्य, आसा इतिहासका तारा लोककाव्य, सिर्जनानगर यात्रा असारे यात्राकाव्य, फेरी जन्मन्छन् जन्मदैनन् लोककाव्य,साहित्यका नक्षत्र सुदूरका यात्री लोककाव्य गरी पन्ध्रौं कृति पाठकका सामू प्रस्तुत गरिसकेको र तीनै पाठकहरुको साथ सहयोग हौसला र प्रेरणाले यो सोह्रौं कृतिको जन्म भएको बताउंदै यस कृतिको जन्मका सन्दर्भमा प्रत्यक्ष र परोक्ष रुपमा साथ र हौसला प्रदान गर्ने अग्रज,अनुज तथा समकालीन सम्पूर्णमा आभार व्यक्त गर्दै प्राप्त सल्लाह र सुझावको उचित सम्बोधन गरिने कुरा व्यक्त गरेका छन् । यसैक्रममा सम्मिश्रणका अर्का कृतिकार भीष्मराज ढुङ्गेलले वर्तमान र भविष्य तथा विगत र आगतका कतिपय भावनाका तरंगलाई चिन्तन र मनन गर्ने दुस्साहस नै कृति जन्मनुको कारण रहेको बताउंदै हिजो सम्म मेरा निजी विचार रहेका भावनाका उद्बबेग आजका मितिदेखि पाठकको जिम्मा लगाएको हुनाले प्राप्त हुने स्वच्छ प्रतिक्रियाले आगामी दिनको सिर्जनायात्राका क्रममा आफूलाई परिष्कृत रुपमा अघि बढ्नका लागि प्रेरणा मिल्ने बताएका छन् । प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्वलन गरि उद्धाटन गरिएको कार्यक्रममा राष्ट्रीय गान बजाएर कार्यक्रमको सुभारम्भ गरिएको थियो । सो अवसरमा प्रा.डा.गोविन्दमान सिंह कार्कीले आफ्ना धारणा सहित रचना वाचन गरेका थिए भने भावुकद्वारा आफ्ना कृतिमा समेटिएका पचपन्न सर्जक मध्य राधा कार्की ,रुबि सत्याल, भगवती पाण्डे लगायतले कविता वाचन गरेका थिए भने जम्मा त्रिसठ्ठी जना साहित्यकारले आ-आफ्ना रचना सुनाएका थिए । करिव छ घण्टासम्म निरंतर रुपमा संचालित रचना वाचन कार्यक्रममा आलस्य र पट्यारको कुनै संकेत देखिएन । साहित्यकार एवं संचारकर्मी राजन न्यौपानेद्वारा संचालन गरिएको उक्त कार्यक्रमलाई कार्यक्रमका सभापतिको भूमिकामा रहेकी नोबेल साकोसकी अध्यक्ष सरस्वती गौतमद्वारा धन्यवाद ज्ञापन सहित समापन गरिएको थियो
What's Your Reaction?