हेम–सरिता पाठक फाउन्डेसन नेपालको विशेष भेला सम्पन्न 

Mar 15, 2024 - 20:24
Mar 15, 2024 - 20:26
 0  13
हेम–सरिता पाठक फाउन्डेसन नेपालको विशेष भेला सम्पन्न 

 चैत २, काठमाडौं,काव्य घर। हेम–सरिता पाठक फाउन्डेसन नेपालको आज भएको भेलाले माझी समुदायका ३ अनाथ बालबालिका रसिला माझी, रचना माझी र रजिना माझीलाई १२ कक्षासम्म पढाउने तथा सम्पूर्ण दायित्व लिने निर्णय गरेको छ । 

फाउन्डेसनका प्रमुख संरक्षक समाजसेवी हेम पाठक र संरक्षक सरिता पाठकको विशेष पहलमा सो निर्णय गरिएको हो ।  नेपाल शाखाको थप सल्लाहकारमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गोपाल गड्तौला र दिपक भेटवाललाई मनोनयन गरिएको छ । 

यसैगरी संस्थाको कार्यसमिति सदस्यमा क्रमशः समिष्टा प्रसाईं,ज्ञानदेव थापा, युवराज थापा र आकाश अधिकारीलाई मनोनयन गरिएको छ । भ्रष्टाचार विरुद्धको नयाँ गीत तयारीबारे पनि छलफल गरिएको छ भने निकट भविष्यमैं भ्रष्टाचार विरुद्धको कविता, गीत र पत्रकारिता प्रतियोगिताको नतिजा सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । 

हेम- सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो भेलामा  फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र संरक्षक सरिता पाठक, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गोपाल गड्तौला,  दिपक भेटवाल, सल्लाहकार मातृका पौडेल र बीबी अनुरागी,  श्रीमान कार्की, दिपक राई, सुवास उप्रेती, समिष्टा प्रसाईं, गौरव पोखरेल, सरस्वती गौतम, पारु तिमिल्सिना, राधिका आचार्य, राम माझी, आकाश अधिकारी, ज्ञानदेव थापा, युवराज थापा लगायतको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि