जगन्नाथ गर्तोलाको कृति सार्वजनिक एव परिचर्चा कार्यक्रम सम्पन्न

सेर्गेम प्रकाशन गृहको आयोजनामा जगन्नाथ गर्तौलाको "अतितका दर्पणमा मेरो कलम" नामक कृति सार्वजनिक एवम् बिमर्श कार्यक्रम दमक झापामा सम्पन्न भयो।

Feb 24, 2024 - 23:19
 0  21
जगन्नाथ गर्तोलाको कृति सार्वजनिक एव परिचर्चा कार्यक्रम सम्पन्न
तस्वीर-राजकुमार खड्गा

फागुन १२ झापा ,काव्य घर/सेर्गेम प्रकाशन गृहको आयोजनामा जगन्नाथ गर्तौलाको "अतितका दर्पणमा मेरो कलम" नामक कृति सार्वजनिक एवम् बिमर्श कार्यक्रम दमक झापामा सम्पन्न भयो।

 साहित्यकार प्राडा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गर्तौलाको कृति माथि साहित्यकार शिव प्रणत,ब्यन्जना शर्माले आफ्नो धारणा राखेका थिए ।

 जगन्नाथ गर्तोलाको यो कृति एउटा ऐतिहासिक दस्तावेज भएको र यसकिसिमले नलेखेकाले लेख्ने र लेखेकाले पुस्तकार दिने काम गरे मात्रै पनि इतिहास रचिन्छ भन्दै प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले बताउनु भयो ।

 कमलराज भट्टराईले सम्पादन गर्नु भएको उक्त कृति चार खण्डमा बिभाजन गरिएको छ।बिगतमा भएको परिस्थिति घटनालाई संरक्षित लेखोटलाई पुस्ताकार रुपमा सेर्गेम प्रकाशन गृहले बाहिर ल्याएको हो। बिमर्श कार्यक्रममा कविहरु तिलक राई,कृष्ण उदासी,कृष्ण अधिकारी,रेवतीप्रसाद घिमिरे,बिन्दु दहाल,सीता गर्तौला लगायतले आ आफ्नो सिर्जना प्रस्तुत गर्दै जगन्नाथ गर्तोलाको ब्यक्तित्व र लेखनी सम्बन्धमा चर्चा गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरु प्राध्यापक अन्जना भट्टराई ,खेमलाल पोख्रेल ,टंक पाठक,राजकुमार खड्गा युवराज सापकोटा लगायत इलाम झापा मोरङका सय हाराहारीमा स्रष्टाहरुको उपस्थिति थियो ।

निर्मला भट्टराईले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रममा लेखकका ज्वाइँ गणेश प्रसाद लुइँटेलले आमन्त्रित अतिथि एवं सहभागीहरुलाई  धन्यवाद व्यक्त गर्नु भएको थियो । प्रकाशन गृहका अध्यक्ष खगेन्द्र भट्टराईको सभापतित्वमा भएको कार्यक्रम को सहजीकरण बिबस बलिभद्र कोइरालाले गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि