तीन साधकहरु गुरुङ,केशरी र श्रेष्ठ अभिनन्दित हुँदै 

Jul 18, 2023 - 14:07
 0  15
तीन साधकहरु  गुरुङ,केशरी र श्रेष्ठ अभिनन्दित हुँदै 

साउन २, काठमाडौं, काव्य घर । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तीन विशिष्ट साधकलाई अभिनन्दन गरिने भएको छ । नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिनु भएबापत वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङ, नेपाली साहित्यमा योगदान गर्नु भएबापत वरिष्ठ आख्यानकार गीता केशरी र नेपाली कलाक्षेत्रमा योगदान गर्नु भएबापत वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरिने भएको हो । सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सो अभिनन्दनका लागि वरिष्ठ साहित्यकारहरू श्रीओम श्रेष्ठ रोदन संयोजक, नरेन्द्रबहादुर श्रेष्ठ र नीता श्रेष्ठ सदस्य रहेको सिफारिस समिति बनेको थियो । 
वि. सं. २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले यसअघि वरिष्ठ साधकहरू धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमान मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जङ्गमलगायतको अभिनन्दन गरिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि