बेलबारी प्रज्ञा प्रतिष्ठानको आन्तरिक पर्यटन भ्रमण निरन्तर

Jun 26, 2023 - 21:54
 0  14
बेलबारी प्रज्ञा प्रतिष्ठानको आन्तरिक पर्यटन भ्रमण निरन्तर

 असार १० मोरङ ,काव्य घर/बेलबारी प्रज्ञा- प्रतिष्ठानद्वारा बेलबारीकाे पर्यटन प्रवर्द्धन गर्ने हेतुले आन्तरिक पर्यटक स्थलहरुको खोजी पहिचान र अनुसन्धान गरि संरक्षण गर्नका लागि कवि लेखक र जनप्रतिनिधि समेतको सहभागितामा कार्यक्रमहरु संचालन भइरहेका छन ।यसै अनुसार बेलबारीनगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर राईकाे प्रमुख आतिथ्य वडाका अन्य जनप्रतिनिधिहरूकाे आतिथ्यमा प्रतिष्ठानकि अध्यक्ष रेखा सुबेदीको नेतृत्वमा सांस्कृतिक तथा पर्यटकीय अध्ययन अवलाेकन भ्रमण सम्पन्न गरेकाे छ।

 प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीकाे अध्यक्षतामा एक औपचारिक कार्यक्रम समेत भएको थियो ।कार्यक्रमको संचालन प्रतिष्ठानको सदस्य सचिव कुलप्रसाद बाजथलेलीले गरेका थिए । लक्ष्मी सुवेदी रेग्मीले स्वागत मन्तव्य र सदस्यहरू निरू गाैतम,कलावती खवासले अतिथि सत्कार गरेका थिए।

 

वडा अध्यक्ष टेकबहादुर राईले प्रतिष्ठानले आफ्नो वडालाई अध्ययन अवलाेकनका लागि चुनेकाेमा खुशी व्यक्त गर्दै आफूले प्रतिष्ठानलाई हरतरहले सहयाेग गर्ने बताउनु भयाे । उहाँले केही धार्मिक तथा ऐतिहासिक स्थलकाे भ्रमण समेत गराउनु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि