युवाहरुकाे अनुभव ज्ञान सीप र पुँजीलाइ राज्यले प्राेत्साहित गर्नुपर्छ - अध्यक्ष नेपाल

युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा बाेल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले,उनले युवालाई समेत नवीन जोस जाँगरका साथअगाडि बढ्न र उत्पादनमा लाग्न आग्रह गरे ।

Apr 27, 2024 - 07:39
 0  5
युवाहरुकाे अनुभव ज्ञान सीप र पुँजीलाइ  राज्यले प्राेत्साहित गर्नुपर्छ - अध्यक्ष नेपाल

बैशाख १५ काठमाडौ ,काव्य घर / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले युवाहरुकाे अनुभव ज्ञान सीप र पुँजीलाइ प्राेत्साहित गर्नुपर्ने बताए । युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा बाेल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले उनले युवालाई समेत नवीन जोस जाँगरका साथअगाडि बढ्न र उत्पादनमा लाग्न आग्रह गरे ।

समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेकाले निराश हुनुपर्ने कुनै कारण नरहेको बताए । ‘देश र जनताका लागि काम गरेर देखाउने बेला आएको छ, कुनै पनि पार्टी फुट्नु र जुट्नु सामान्य कुरा हो, कम्युनिष्ट पार्टीप्रतिको विश्वास बढाउन युवाहरु अगाडि बढ्नुपर्छ, जनतालाई विश्वास जगाउन जरुरी छ, जनताको पीडाको साथी बन्नुपर्छ, गाउँघरमा पुगेर जनताको समस्या बुझ्नुहोस् र समस्या समाधानमा लाग्नुहोस्’ उनले भने । अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अन्य कुनै पार्टीसँग नभएको उल्लेख गर्दै उनले शक्तिमा रहँदा मात्तिएका कारण नेपालको कम्युनिष्ट आन्दोलनले ठूलो क्षति बेहोर्नुपरेको बताए । ‘समय र शक्तिको सदुपयोग हुन नसक्नु र व्यक्तिमा घमण्ड उत्पन्न हुँदा पार्टी विभाजन भयो’ अध्यक्ष नेपालले भने ।

इमान्दार, निष्ठा र केही गरौँ भन्ने भावना भएमात्र पार्टी अगाडि बढ्ने भन्दै पार्टी एकातिर, जनवर्गीय सङ्गठन अर्कातिर हिँड्दा पार्टी अगाडि बढ्न नसक्ने बताए । उनले आफ्नो पार्टी समाज परिवर्तन अभियानमा जुटेको बताएका छन् । पार्टीको दशौँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रतिवेदन, विधानलगायतका ४ बटा दस्तावेज लेखनको कार्यलाई पार्टीले तीव्र गतिमा अगाडि बढाउँदै आएको बताए । सुशासन, सामाजिक न्याय र समानता तथा समृद्धि अहिलेको मुलुकको आवश्यकता भएको अध्यक्ष नेपालले बताए ।

नेपालले जलवायु परिवर्तनको असरले नेपालका हिमालमा असर पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे । एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं युवा सङ्घ इञ्चार्ज दिलुकुमारी पन्तले मुलुकको राजनीतिक परिवर्तनमा युवा सङ्घले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै पार्टी र देशका हरेक तहमा युवा सहभागिता बढाउन आवश्यक रहेको बताईन् । भ्रष्टाचार विरोधी आन्दोलन, सुशासनको पक्षमा युवा सङ्घले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनकाे भनाई थियाे ।

युवा सङ्घ काठमाडौँका अध्यक्ष गौरीशङ्कर रानाकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा नेकपा एकीकृत समाजवादी काठमाडौंका अध्यक्ष एलिप श्रेष्ठ , युवा संघका उपाध्यक्ष नितेस पाैडेल ,अनेरास्ववियूका महासचिव महेश श्रेष्ठ ,युवा संघका फुर्वा लामा लगायतले बाेलेका थिए । कार्यक्रममा युवा संघ काठमाडौंकाे क्यालेन्डर बिमाेचन गरिएकाे थियाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि