सरकारद्धारा प्रमुख जिल्ला अधिकारी र सहसचिवको सरुवा 

सरकारद्धारा १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित २५ जना सहसचिवको सरुवा गरिएको छ।

Dec 15, 2023 - 14:40
Dec 15, 2023 - 15:16
 0  12
सरकारद्धारा प्रमुख जिल्ला अधिकारी र सहसचिवको सरुवा 
फायल तस्वीर


मंसिर २९,काठमाडौं,काव्य घर । सरकारद्धारा  १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित २५ जना सहसचिवको सरुवा गरिएको छ। 

शुक्रबार गृह मन्त्रालयले बन्धुप्रसाद बास्तोलालाई झापा, शंकरहरि आचार्यलाई सुर्खेत, नारायणप्रसाद सापकोटालाई भोजपुर र हरिप्रसाद घिमिरेलाई उदयपुर सरुवा गरेको हो।
मन्त्रालयले जनार्दन गौतमलाई तनहुँ, बीरेन्द्रकुमार यादवलाई गृह मन्त्रालय, हिरालाल रेग्मीलाई रौतहट, धर्मेन्द्रकुमार मिश्रलाई कैलाली, दिनेश सागर भुसाललाई पर्सा, युवराज कटेललाई गृह मन्त्रालय, विश्वप्रकाश अर्याललाई कपिलवस्तु र सुरेश पन्थीलाई नवलपरासी पश्चिम, सुनिता नेपाललाई स्याङ्जा, शशिधर घिमिरेलाई गृह मन्त्रालय सरुवा गरिएको हो।

त्यस्तै सहसचिव आनन्द काफ्लेलाई पाल्पा, प्रेम प्रसाद भट्टराईलाई मोरङको सिडिओ, भोला दाहाललाई गोरखाको सिडिओ, नारायणप्रसाद अर्याललाई प्युठानको सिडिओ, भरत खनाललाई सिन्धुलीको सिडिओ, महादेव पन्थलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग, र स्किम श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।

त्यस्तै झक्कुप्रसाद आचार्यलाई सिन्धुपाल्चोक र जयनारायण आचार्यलाई सुनसरीको सिडिओमा नियुक्त गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि