सासदेखि लाससम्म भ्रष्टाचार व्याप्त छ – अध्यक्ष नेपाल

अध्यक्ष नेपालले राजनीतिककर्मीहरु निष्ठावान् हुन नसके र स्वच्छ छवि कायम राख्न नसके राष्ट्र सेवकहरूले कुनै राम्रो कुरा सिक्न नसक्ने बताए ।

Apr 6, 2024 - 00:51
 0  9
सासदेखि लाससम्म भ्रष्टाचार व्याप्त छ – अध्यक्ष नेपाल



चैत्र २३, काठमाडौ काव्य घर / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘सासदेखि लाससम्म भ्रष्टाचार व्याप्त भएको बताएका छन् । काठमाडौँमा रौतहट टाइम्स साप्ताहिकको २६औं वार्षिकोत्सवमा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जन्मदेखि मृत्युसम्म देशमा भ्रष्टाचार व्यापाक भएको बताएका छन् ।
उनले कुनै पनि काम बिना पैसाको, बिना घुसको नहुने यो भन्दा लाजमर्दो कुरा अरु हुन नसक्ने बताउँदै यो विषयमा गम्भिर हुनुपर्ने बताए ।  सत्ताको स्वार्थले देशको सेवा गर्न रोकिराखेकाले स्वार्थभन्दा माथि उठेर देश र जनताप्रति समार्पित भएर लाग्ने भावनाले प्रेरित बन्नुपर्ने बताए । कामको आधारमा दण्ड जरिवाना र प्रसंशा पुरस्कारको ब्यबस्था हुनुपर्ने उनको जोड थियो ।

 अध्यक्ष नेपालले मान्छेमा सिर्जनशीलता आवश्यक भएको औल्याए । नेपाली समाजमा बस्ने हरेक वर्गकाहरु राजनीतिकर्मी, कलाकर्मी, प्रशासनिक क्षेत्र, पत्रकारलगायतका वर्गले पीडा र वेदनाहरु महसुस गर्न सक्ने हुनुपर्ने उनले बताए ।विशेषगरी कला साहित्यमा लागेकाहरुले गीत, साहित्यको माध्यमबाट रचना गरेर जनतासामू पुर्याउनुपर्ने उल्लेख गरेका छन् । नेपालीहरुमा खुबी र क्षमता भएर पनि सदुपयोग गर्न नसकेको उल्लेख गर्दै जनताको चाहाना समयको माग अहिलेका आवश्यकतालाई बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘नेपाली जनतामा खुबी र क्षमता छन् ती खुबी र क्षमतालाई राम्ररी सदुपयोग गर्न सकेका छैनौँ, चाहना हाम्रो पवित्र छ, पवित्र चाहनालाई यथार्थमा परिणत गर्न सकिरहेका छैनौँ सबैभन्दा ठूलो विडम्वना यही नै हो’ उनले भने ।
 राजनैतिककर्मीहरु इमान्दर, निष्ठावान भएनन् भने र उनीहरुले स्वछ्व छवि कायम राख्नुपर्छ भन्ने कुराको ख्याल गर्न सकिएन भने राष्ट्रसेवकले पनि असल कुरा सिक्न सक्दैन उनले भने ।
देशमा लागुपदार्थ दुर्व्यसनी बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसका लागि सरकारले चासो नदेखाएको आरोप लगाए । उहाँले युवाहरू लागुपदार्थको दुर्व्यसनमा दिनप्रतिदिन फसिरहेको तर अपराधीहरू कारबाहीको दायरामा आउन नसकेको भन्दै  राज्य सञ्चालनका तरिकामा कमी कमजोरीहरू  सुधार गर्ने सोचका साथ अघि बढ्नुपर्ने खाँचो रहेको बताए ।


अध्यक्ष नेपालले राजनीतिककर्मीहरु निष्ठावान् हुन नसके र स्वच्छ छवि कायम राख्न नसके राष्ट्र सेवकहरूले कुनै राम्रो कुरा सिक्न नसक्ने बताए ।
गोविन्द चम्लागाईको अध्यक्षतामा भएको कार्यक्रममा संसदिय शिक्षा तथा सूचना प्रबिधि समितिका सभापति अम्बर बहादुर थापा संसदिय पुर्व सभापति एवं नेकपा एकीकृत समाजबादी नेतृ कल्याणी खडका पुर्व मन्त्री डाक्टर बंसिधर मिश्र ,नेता पुर्व माननीयहरु  रामकुमार भट्टराई, सरला यादव  अख्तियारका प्रबक्ता नरहरि घिमिरे गौर नपाका शम्भु साह , प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत नेपाल पत्रकार महासघका केन्द्रिय  अध्यक्ष बिपुल पोख्रेल ,समाजवादी प्रेस संगठनका अध्यक्ष  बिश्वमणि  सुवेदी लगायतको उपस्थिति थियो । कार्यक्रममा रौतहटका तीन संचारकर्मि  संजय मिश्रा,रमेश तिमल्सिना र कृष्ण तिवारीलाई सम्मान गरिएको थियो ।
–लेखनाथ सिकारू

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि