समलिङ्गीविवाहबारे धर्म गुरु, कानुनविद् र मानवअधिकारकर्मीहरुको एकै स्वरः ‘मानव सभ्यताको लागि घातक
विश्वहिन्दु महासंघ नेपालक प्रमुख सल्लाहकार स्वामी दामोदर गौतमले समलिङ्गीविवाह अप्राकृतिक भएकाले यसले मान्यता पाउन नहुने धारणा राखे । समलिङ्गीविवाह अप्राकृतिक, अस्वाभाविक र अनुत्पादक रहेको
चैत २३ काठमाडौं,काव्य घर ÷ मिडिया एड्भोकेसी फोरम (माफ) नेपालले विश्वमा नै बहस, चर्चा र विवादको विषयबनेको समलिङ्गीविवाहको सन्दर्भमाविचार गोष्ठी गरेको छ । माफ नेपालले आज (शुक्रबार) रिपोर्टर्स क्लबनेपालमा ‘नागरिक सरोकार श्रृङ्खलाअन्तर्गतसमलिङ्गीविवाह, सामाजिक अभ्यास, धार्मिक मूल्यर मान्यता तथा कानुनी प्रावधान विषयकविचार गोष्ठी’ सम्पन्न गरेको हो ।
माफनेपालकाअध्यक्षविदुर अधिकारीले व्यक्तिको निजीचाहना र नयाँखोजलाई समाजले स्थान दिनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताए । यसो भनिरहँदा आफूहरु विकृतिलाई प्रश्रय दिनुपर्छ भन्ने पक्षमा नरहेको समेत उनले स्पष्ट पारे ।
अध्यक्ष अधिकारीले माफ नेपालको लक्ष्यमानवीय प्रतिष्ठा, नागरिक स्वतन्त्रता र सुशासनको पक्षमा काम गर्नु रहेको बताए । सामाजिक, कानुनी र मानवअधिकार सम्बन्धि विषयमाफ नेपालको चासोको विषय बन्ने गरेको उनको भनाइ छ ।
इसाई धर्म गुरु तथा समाजसेवी डा.सुन्दर थापाले बाइबलमा परमेश्वरले नर र नारी दुवैको शृष्टि गरेको भन्दै समलिङ्गीविवाहको विपक्षमा धारणा राखे ।समलिङ्गीविवाह अप्राकृतिक, अनुत्पादक, पापमय, ईश्वरीय दण्डको योग्य र मानव सभ्यताको लागि घातक रहेको बताए ।
विश्वहिन्दु महासंघ नेपालक प्रमुख सल्लाहकार स्वामी दामोदर गौतमलेसमलिङ्गीविवाहपूर्वीय दर्शनको अनुशासनभित्रनपर्ने बताए । उनले समलिङ्गीविवाह दुर्भाग्यपूर्ण हुने बताए । समलिङ्गीविवाह अप्राकृतिक भएकाले यसले मान्यता पाउन नहुने धारणा राखे । समलिङ्गीविवाह अप्राकृतिक, अस्वाभाविक र अनुत्पादक रहेको उनको भनाइ छ ।
बौद्ध धर्मगुरु भिक्षु एवं आनन्द कुटी विहारका प्रमुखधर्ममूर्ति महास्थवीरले धर्मले समलिङ्गीविवाहलाई कल्पनानगरेको र मान्यतानदिने बताए । विवाहको औचित्य र अर्थ महत्वपूर्ण हुने उनको भनाइ छ । विवाहपुरुष र महिलाबीचको सम्बन्धलाई सामाजिक रूपमा स्वीकार गरेर बढवा दिने कार्य भएको उनले बताए । धर्म र समाज र राज्यले स्वीकार गर्ने भन्दाबाहेकको विवाहलाई स्थापितगर्न नसकिने उनको भनाइ छ ।
‘समलिङ्गीविवाहलाई धर्मले मान्यतादिँदैन । यस्ता गतिविधिलाई हामीले सचेत भएर निरुत्साहितगर्न सकेमा समाजको उन्नति, प्रगति हुनसक्छ,’–उनले भने ।
अधिवक्ता प्रकाश नेपालीले समलिङ्गीविवाहको सम्बन्धमा अदालतबाट अन्तरिम आदेश जारी भएको बताए । उक्त आदेशजारी भएसँगै नेपाल र नेपाली समाज तरङ्गितभएको बताए । उनले मानवअधिकारको विश्वव्यायी घोषणा–१९४८ को धारा १६ माउमेर पुगेका पुरुष वा महिलालाई विवाहगर्ने स्वतन्त्रता हुनेछ भन्ने प्रावधान रहेको बताए । विवाह गर्न इच्छुक व्यक्ति पुरुष र महिला हुनुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।
समलिङ्गीविवाहलाई छिमेकी मुलुकचीन र भारतले पनि कानुनी वैधताप्रदान नगरेको उनको भनाइ छ । नेपालको सन्दर्भमा समलिङ्गीविवाहलाई लम्जुङ जिल्लाको दोर्दी गाउँपालिका र बर्दियाको बढैयाता लगाउँपालिकाले दर्ता गरेको उनले बताए । स्थानीयतहले दर्ता गरेको उक्तविवाहको पछाडि कुनै कानुनीआधार नरहेको उनको भनाइ छ । कसैले त्यो विवाहको विरुद्धमा रिट हालिदिएको अवस्थामा त्यो बदर हुने उनले ठोकुवा गरे ।
राज्यले स्पष्टसँग समलिङ्गी विवाह हुन सक्ने भनेर कानुनमा उल्लेख नगरेसम्म मान्यता नपाउने उनले बताए । अधिवक्ता नेपालीले नेपालमा समलिङ्गीविवाहको कानुनीआधार नरहेको उनको दाबी छ ।
इस्लामिक संघ नेपालका केन्द्रीय सदस्यअजिजुल्लाअन्सारीले कुरानमा समलिङ्गीविवाहको कल्पनासमेत नरहेको बताए । समलिङ्गीविवाहलाई उनले व्याभिचारको संज्ञा दिए । समलिङ्गीविवाहको बारेमा कुरानमापनिउल्लेख गरेको र त्यस्तामानिसहरुलाई ईश्वरले दण्डित गर्ने गरेको उनको भनाइ छ ।
समाजशास्त्रीएवं बालअधिकारकर्मी डा.जोमेश वडले सामाजिक विवाहको मान्यतादिन सकिने बताए । अहिले समलिङ्गीविवाहको अभ्यास र विभिन्न सवालहरु उठ्दै गर्दा हामी होसियार हुन जरुरी रहेको उनले बताए ।
‘समलिङ्गीविवाह दर्ता हुँदै गर्दाखेरी हामी होसियारी हुन आवश्यक छ कि हामीले राष्ट्रलाई बर्वाद पार्दैछौं । एउटा परिवार भत्किँदै छ, समाज बिग्रिदै छ । राष्ट्र निर्माणमा यसले ठूलो धक्का पुर्याउँदैछ,’– उनले भने ।
राष्ट्रिय मानवअधिकार आयोगकापूर्व सदस्य डा.केबी रोकायाले समलिङ्गीविवाहको सबैभन्दा बढी विरोध गर्ने देश रूस र नेताहरुमा पुटिन भएको दाबी गरे । उनले पुटिनले रूसमा यस्तो प्रकारको विवाहको गन्धपनिआउननदिने गरेको बताए । साथै, भारतमापनि यस्तो प्रकारको विवाहबर्जित रहेको बताए । सर्वोच्चअदालतको एकलइजलासले नेपालमा ‘समलिङ्गीविवाह दर्ता गर्ने व्यवस्था गर’भनेर आदेश दिएको उनले बताए ।
नेपालएसियामा समलिङ्गीविवाह दर्ता गर्ने पहिलो देश बनेको उनले बताए । कानुन नै नभएको अवस्थामा एकलइजलासको आदेशमा समलिङ्गीविवाह दर्ता भइरहेको भन्दै उनले आपत्ति जनाए । नेपाल संसारभरका समलिङ्गीहरुको गन्तव्य देश बन्ने खतरा बढेको उनको भनाइ छ ।
What's Your Reaction?