कुम्भ मेलामा पातञ्जल याेग समिति

पातञ्जल याेग समिति दमकले चतराधाममा शुरुभएकाे महा कुम्भ मेलाकाे उद्धाटन सत्रमा आफ्नाे सहभागीता देखाएकाे छ ।पातञ्जल याेग समिति दमकका चालीस भन्दा बडी याेग साधकहरुले आफ्नाे पहिचान सहित उक्त कार्यक्रममा सहभागीता जनाएका हुन ।

Apr 10, 2024 - 18:16
Apr 10, 2024 - 22:54
 0  5
कुम्भ मेलामा पातञ्जल याेग समिति

 चैत २८ झापा ,काव्य घर/पातन्जल याेग समिति दमकले चतराधाममा शुरुभएकाे महा कुम्भ मेलाकाे उद्धाटन सत्रमा आफ्नाे सहभागीता देखाएकाे छ ।

पातञ्जल याेग समिति दमकका चालीस भन्दा बडी याेग साधकहरुले आफ्नाे पहिचान सहित उक्त कार्यक्रममा सहभागीता जनाएका हुन ।उक्त कार्यक्रममा पातञ्जल याेग समितिका केन्द्रिय महासचिव हाेमनाथ गाैतम,केन्दिय सदस्त हेमन्तादेवी गजुरेल ,काेशी प्रदेश अध्यक्ष जी पि तिवारी , कोशी प्रदेश महिला उपाध्यक्ष लिलावन भारती, प्रदेश सचिव लाेकनाथ गजुरेल , दमक नगर अध्यक्ष अम्मर बहादुर बस्नेत लगायतकाे उपस्थिति रहेकाे थियाे ।

पातञ्जल याेग समिति नेपालले महाकुम्भ मेलामा दैनिक रुपमा निशुल्क याेग शिविर सञ्चालन गर्ने केन्द्रीय महासचिव हाेमनाथ गाैतमले बताए । उनका अनुसार याे शिविर  चैत्र २८ गते देखि बैशाख २७ गते सम्म सञ्चालन हुनेछ ।

बाह्रबर्षे महाकुम्भ मेला यही चैत्र २७ गते बाट शुरुभएकाे हाे ।कुम्भमेलाकाे उद्धाटन राष्ट्रपति रामचन्द्र पाैडेलले गरेका थिए ।जगतगुरु बालशन्तकाे सकृयतामा याे कुम्भ मेला शुरुभएकाे हाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि