अभ्युत्थान महिला साहित्य प्रतिष्ठानले नारीहरुद्धारा लिखित निवन्ध विशेषाङ्क विमोचन  सम्पन्न 

Jun 16, 2023 - 18:32
 0  90
अभ्युत्थान महिला साहित्य प्रतिष्ठानले नारीहरुद्धारा लिखित निवन्ध विशेषाङ्क विमोचन  सम्पन्न 

काठमाडौ, असार १, काव्य घर नेपाल । अभ्युत्थान महिला साहित्य प्रतिष्ठानको  आयोजनामा र अभ्युत्थान साहित्यिक मासिक पत्रिकाले महिला लेखिकाहरु्रद्धारा लिखित निवन्ध विशेषाङ्क प्रकाशन गरी  आज एक कार्यक्रमका विच प्रमुख अतिथि शान्ता मानवी सहित अतिथि लगायत सबैले संयुक्त रुपमा  विमोचन गरेका थिए  । रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता हलमा भएको उक्त कार्यक्रम अभ्युत्थान महिला साहित्य प्रतिष्ठानले आयोजना गरेको हो । संस्थाका अध्यक्ष सीता शर्माको सभापतित्वमा सम्पन्न कार्यक्तममा वरिष्ठ साहित्यकार डा जिवेन्द्रदेव गरी र समालोचक डा.विन्दु शर्माले कृतिका बारेमा समीक्षा गनु भएको थियो । निवन्ध लेखनमा महिला स्रष्टाहरुका कलम शसक्त रहेको बताउँदै गिरीले अझै समय सापेक्ष कलम चलाउँनु् पर्नेैमो जोड दिनु भयो । डा. विन्दु शर्माले नारीहस्ताक्षरको निवन्ध कृति आउँनु सुखद् भएपनि यथास्थितिवादी चेतना मात्रले समाज परिर्वन नहुने भएकाले सामाजिक परिवर्तनको सोच सहित लेख्नु समयको माग हो भन्नु भयो । उक्त निवन्ध संग्रहमा २७ जना नारी निवन्धकारका निवन्ध राखिएका छन् । 


संस्थाका महासचिव साहित्यकार सुशीला प्रधानाङ्गको संचालन रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि शान्ता मानवीले अझै पनि नारी स्रष्टाहरुको कलमवाट परिर्वनको आभास हुन नसकेको भन्दै नारी स्रष्टा जागरुक हुन जरुरी रहेको बताउँनु भयो । डा सावित्री श्रेष्ठले निवन्धको बारेमा बोल्नु भएको थियो । सो कार्यक्रममा नर्वदेश्वरी सत्याल, गीता सापकोटा गंगा खड्का, गंगा कर्माचार्य, कमला रोक्का, लक्ष्मी मिश्र,शोभा दुलाल,पार्वती राउत,डा. यादेवी ढकाल,शुसीला ढकाल,अमृता शर्मा,रेणुका भट्टराई, नमुना शर्मा, गायत्री विष्ट,शुलोचना घिमिरे आदिको उपस्थिति थियो । अचम्मको कुरा के हो भने उक्त कार्यक्रममा पुरुषको संख्या १ थियो  । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि