यात्राका केही अनुभवहरुभुल्नै नसकिने हुँदा रहेछन् ।

Jun 16, 2023 - 10:26
Jun 16, 2023 - 15:32
 0  62
यात्राका केही अनुभवहरुभुल्नै नसकिने हुँदा रहेछन् ।
यात्राका केही अनुभवहरुभुल्नै नसकिने हुँदा रहेछन् ।
यात्राका केही अनुभवहरुभुल्नै नसकिने हुँदा रहेछन् ।

यात्रामा केही तीता मीठा पलहरु

टीका ढुङ्गेल रटन

साङ-छलमथाङ, पूर्व जिल्ला सिक्किम भारत 

९७३३२५९१९२ 

साहित्यकार समालोचक छन्दका विद्वान श्री जीवनहरि शर्माबाट १७ फरवरी २०२३ का दिन एउटा पत्र आयो। यस अघि नै त्रिफला अन्तरार्ष्टिय पुस्तकालयका अध्यक्ष श्री प्रेमप्रकाश फलाहारीले पनि मौखिक खबर गर्नु भएको थियो। यसरी साहित्यकारहरुको आग्रहलाई टार्न नमिल्ने भयो। जंगवीर गूभाजू श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार समाजसेवी बाबुराम श्रेष्ठ ‘वर्षा’ को पत्रमा सम्मान गर्न मिति ३ मार्च २०२३ अर्जुनधारा न पा वडा ११ बुट्टावारी झापा नेपालमा संघकै निजि भवनमा कार्यक्रम आयोजन गरेको थिएछ। नेपाली साहित्य परिषद्का अध्यक्ष/महासचिवसँग छुट्टी स्वीकृत गराएर कलमकार उक्त सम्मान कार्यक्रममा बिहान ५.३० मा घरवाट हिँड़े। रम्फू मात्र पुगेको थिँए रटनका सस्थापक रवि पौडयालको फोन आयो। हर्षका तानावुना बुन्दै थिए। फलाहारी गुरूको जीवन सङगिनी फलाहारी गुरू, छोरा छोरी नाति-नातिना सबैलाई छोडेर धाम गमन गरेको कुराले नराम्रो लाग्यो। दुःखका कर्णहरुले हृदयनै दुःखित बनायो। फलाहारी गुरूलाई सम्झे, परिवारको याद आयो। यस्तै कुराहरु यो सोच्दै जाँदैछु। उताबाट त्रिफलाका उपाध्यक्ष रामप्रसाद दाहालले सम्पर्क गरिरहनु भएको छ। छिटो छिटो काकरभिट्टा पुगेर उहाँको दोकानमा पुगेँ। उहाँ त फलाहारी गुरूलाई सान्तवना दिन जानु भएको रहेछ। आसामबाट आउनु भएका साहित्यकार पूर्णकुमार शर्मा र रामप्रसाद दाहाल शव यात्रामा पुगेर आउनु भयो। माइजु देवी दाहालले मलाई खाना तयारी पार्नु भएको रहेछ। खाना खाएर हामी कार्यक्रम तिर लाग्छौ। मनमा एक प्रकारको अशान्ति भएको छ। कसैसँग खुलेर बोल्न सकेको छैन। मलाई कति बेर कार्यक्रम सकिन्छ र फलाहारी गुरूलाई सान्त्वना दिन पुगु जस्तो भएको छ। खुशीको रहरलाई दुःखका कण कणले नष्ट पारिरहेको छ। कार्यक्रम शुरू भयो वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य तथा कार्यक्रमको अध्यक्ष बाबुराम श्रेष्ठ ‘वर्षा’ हुनु हुन्थ्यो, गंगा सुवेदी कलमकार दधिराज सुवेदी, पूर्ण कुमार शर्मा जंगवीर गुभाजु श्रेष्ठ जीवनहरि शर्मा प्रतिष्ठानका सदस्यहरु आदि हुनुहुन्थ्यो मञ्चमा। स्रोतागणमा पनि वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो। राम्रो भेला थियो साहित्यको। केशवराज खनाल, गंगा ओडारी, मातृका संग्रौला, उद्धब विष्ट चुम्लुङे, विनोद खनाल, एन.बी. दाहाल नवीन, टीका सुवेदी, लक्ष्मी अच्युत ढुङ्गाना, ओली विष्णु, रामप्रसाद दाहाल, कविराज हरिण्यप्रसाद भट्टराई, भगवती ढुङ्गेल, दयामाता आदि हुनुहुन्थ्यो। धेरैको नाम आएन क्षमा पाउँ। कार्यक्रममा पुस्तक विमोचन पनि राख्नु भएको थाहा पाएर मेरो २४औं पुष्प कृति ‘कृति-स्वीकृति’ समीक्षात्मक लेख सङकलन पनि दिए। कार्यक्रमको सञ्चालन नर प्रधान ‘मित्र’ ले राम्रो गर्नु भएको थियो। सम्मान कार्यक्रम पुरस्कार वितरण तथा पुस्तक विमोचन कविता पाठ आदि रहेको थियो। कलमकारले कृति-स्वीकृति दिएको थिए विमोचनको निम्ति नाम अर्को लेखक अर्कै टीका ढुङ्गेल ‘रटन’ हुँदा म तीन छक्क परें। कुरो बुझ्दै जाँदा त अर्कै रहेछ। टीका ढुङ्गेल ‘रटन’ को व्यक्तित्व र कृतित्व लेखक/सङकलक/सम्पादक साहित्यकार जीवनहरि शर्माले इलामबाट र यस पुस्तकको प्रकाशक बाबुराम श्रेष्ठ वर्षा जङगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान राधारत्न ओखलढुङ्गा छापाखाना विराटनगरबाट २०७९-मा प्रकाशित भएको रहेछ। यहाँ वरिष्ठ व्यक्तित्वहरुले मेरो विषयमा कलम चलाई मेरो प्रतिभालाई उच्च स्थानमा राखिदिनु भएकोमा लेखकहरुप्रति आभार व्यक्त गर्दछु।

  त्यस दिन तीनवटा कृतिहरु विमोचन गरिएको थियो। बाबुराम श्रेष्ठ वर्षाको कृति, खप्तङ भ्रमणमा बझाङको चिरफार लेख जीवनहरि शर्मा, टीका ढुङ्गेल रटनको व्यक्तित्व र कृतित्व टीका ढुङ्गेल रटन कृति-स्वीकृति समीक्षात्मक लेख सङ्ग्रह। मलाई थाहै नदिई सरप्राइज मेरो माथि कृति नै प्रकाशित गरिदिनु भएको र मेरो प्रतिभाको मूल्याङकन गरी सम्मान गरिदिनु भएर जीवनभर तिर्नै नसकिने ऋण लाउनु भएको छ। कार्यक्रमको दिन केही शब्द पनि राख्न सकिन। खुशीलाई दुःखका सागरमा डुबाउँदा सहित यस्तै हुँदो हो। कर्मठ व्यक्तित्वका धनी एक मिलनसार त्रिफलाका अध्यक्ष प्रेमप्रकाश फलाहारीको दुःखमा म पनि सहभागी भए। कार्यक्रम भव्य र सभ्य भयो। कार्यक्रम सकेर त्रिफलामा आयौं। त्यहाँ पुस्तकको भारी बिसाएर म फलाहारी गुरूको घर पुगे। मेरो आँखाले गुरूलाई खोजी रहेको छ। गुरूलाई कतै देख्दिन बसिरहेको छु। एकासी टीकाजी भन्दा म झसँग भएँ, कपाल तथा दाह्री काटेको रहेछ। उहाँसँग केही बेर वार्तालाप गरेर म साली तिर्थकोमा बास बस्न गएँ। रात परिसकेको थियो। बाटामै दार्जीलिङ्गका अन्तर्राष्ट्रिय सयोजक श्री ऋृषि राईलाई शोक पत्र बनाएर ल्याउने अनुरोध गरेँ। उहाँलाई बोलाएको थिएँ। तर मलाई गुरूले जोर पोखरीको कार्यक्रममा जानु पर्छ भन्नु भयो। रामप्रसाद दाहालले पनि हामी यताको काम गर्छौ माथिको कार्यक्रममा जानु भन्नु भयो। एक सप्ताह अगाडि नै नारी हस्ताक्षर साहित्यकार उमा ओडारीले आफनो कृति ‘झुल्के घाम’ विमोचन समारोहमा चतुरे जोर पोखरी बोलाएको थियो। बार बार उमा ओडारीको निम्तोले गर्दा जोर पोखरी जानै पर्ने भाकोले तीर्थ सालीको बाट बिहान ६ बजीनै धुलावारीतर्फ लागें चार आलीमा जीवनहरि शर्मा आई पुग्नु भयो। गाडीको पर्खाइमा छौं।

केही समय पछि गाडी आयो हामी गाडीमा चड़यौ। त्यहाँ साहित्यकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ गुरूमा डा. देवी पन्थी गुरुमा चारजना त्यै कार्यक्रमको निम्ति आउनु भएको रहेछ। त्यस गाडीको अघिल्लो सिटमा एकजना मोटी नारी खुबै फस्याइली शान्ति सुब्बा पनि थिइन उमा ओडारीको छिमेकी भन्ने बुझियो। गफ गर्दै गयौ। हिलिहाङ जोर पोखरीबाट अलिक तल रफ रोड रहेछ घरमै पुगेछ। उमा ओडारीसँग भेट गर्छौ। आदान प्रदान गर्ने क्रममा उमाका बुबा हरिप्रसाद ओडारी, आमा राम माया ओडारी, भाइ विनोद ओडारी आदिसँग परिचय भयो।

 केही समयमा एकजना नौला व्यक्तिसँग परिचय भयो। उहाँ फिदिम तथा झापातिर रहेर साहित्य समाज तथा पत्रकारिता क्षेत्रमा धेरै काम गरेका श्री राजकुमार खडगा काव्य घर नेपाल झापाका अध्यक्ष पनि हुनुहुँदो रहेछ। यसरी प्रतिभाले लटरम्मै वृक्षझैँ झुकेका व्यक्तिको परिचय पाउँदा हर्ष लाग्यो। कामहरुको योजनाहरु प्रशस्तै देखिन्थे। अन्तर्वाता लिने काम भयो हामी दुईको जीवनहरि शर्मा र कलमकारको। साहित्यिक भित्ते पात्रो निकाल्नु हुँदो रहेछ। खुशी लाग्यो साहित्यिलाई क्यालेण्डरमा पनि राख्न सकिदो रहेछ। धेरै साहित्यिकारहरुको प्रतिभालाई स्थान उपलब्ध गराएको देखे। कवितासँग फोटो, फोन नम्बर राखेर साहित्यकारलाई प्रोत्साहन गरेको छ। साहित्यकारका राजकुमार खड़गाका लोकप्रिय प्रकाशित कृतिहरु यस प्रकार रहेछन्। l

भित्ते पात्रो तथा उहाँले गरेका कामबारे समयमा प्रकाशमा ल्याउने छु। यो त परिचय साटने काम मात्र हो। क्यालेण्डरमा सिक्किमका प्रतिभालाई पनि स्थान दिनु भएको रहेछ। साहित्यकार सन्तोष सुब्बाको पनि रचना भएकोले कलमकारले फोन गरी उक्त क्यालेण्डर दिन सफल भएँ।

उमा ओडारीको आमा राममाया ओडारीको प्रतिभा पनि त्यतिकै देखें। साहित्यमा साँचो राखेर हामीसँग माता पिताले साथ दिएको देख्दा छक्कै परें। भरे बुझ्दा त उमाकै प्रेरणाको स्रोत राममाया ओडारी हुनुहुँदो रहेछ। राममायाका पिताको पुस्तक नै रहेछ भैँचालो सवाई आदि सबै मुखस्त पारेको। श्लोक गीत भजन, संगीनी आदि जान्ने एक प्रतिभा लेख्न पढ़न नजाने पनि मुखमा सरर आएको देख्दा नारी हस्ताक्षर नै भन्छु। उमाको दाजु विनोद ओडारी पनि साहित्यमा धेरै ज्ञान भएका व्यक्ति रहेछन्। हामी पाउना होइन ६ जना त उहाँकै परिवार जस्तो भएर बस्दाको अर्कै आनन्द छ। उमाको पति तारानिधि पनि साहित्य भनेपछि मरिमेटने सेवा गर्ने एक कर्मठ व्यक्ति रहेछन्।

 राम्रो परिवार रमाइलो गाउँ सुन्दर वार्तावरण। भोलिपल्ट कार्यक्रमको लागि जोर पोखरी घुमीवरी चतुरे कार्यक्रम स्थलमा पुग्छौं। प्रमुख अतिथि नवलपरासी, लुम्विनी प्रदेश बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमी, कार्यक्रमका अध्यक्ष साहित्यकार पत्रकार राजकुमार खडगा हुनु हुन्थ्यो। बिशिष्ट अतिथिमा डा. देवी पन्थी, लेखिकाको माता पिता जीवनहरी शर्मा कलमकार अन्य साहित्यकारहरुको बाक्लो उपस्थिति थियो।

कविता पाठ, कथा, मन्तव्य, मुख्य अतिथिको सम्बोधन विशिष्ठ अतिथिको केही मन्तव्य सभाध्यक्षको मन्तव्य सम्मान कार्यक्रम, मायाको चिनो प्रदान भव्य र सभ्य कार्यक्रम भयो। जोर पोखरी जाँदै गर्दा फ्रिदिममा रविन तिम्सिना कोर्कालीसँग भेट भयो यसरी नै धनपति ढुङ्गेल तथा अन्यसँग परिचय भयो। यहाँ दुईले पनि साहित्यलाई काँधमा बोकेर ह़िँडनु हुँदो रहेछ। कार्यक्रमको बारेमा केही लेखिन संक्षिप्तमा लेख्ने प्रयास गरें। कलमकारलाई, काव्य घर नेपाल दमक,गजल र चार संयुक्तसङग्रह झुल्के घाम विमोचन तथा सम्मान कार्यक्रमको अवसरमा मायाको चिनो दिएर स्वागत गर्नु भयो। कार्यक्रम सकेर उमा ओडारीकै घरमा बस्यौं।

 भोलिपल्ट बिहान ६ बजीनै हामी सबैसँग विदा मागेर जीवनहरि शर्मा, राजकुमार खडगा, कलमकार हिँडेर जोर पोखरी पुग्यौं। जोर पोखरी हिलिहाङबाट हामी तीन फिदिम तर्फ लाग्छौ। राजकुमार खड़गा फिदिममा उत्रनु भयो भने, जीवनहरि शर्मा इलाममा आफ्नोे घरमा जानु भयो कलमकार चार आली आएर फलाहारी गुरूकोमा गएँ। पुग्ने बित्तिकै राधा घिमिरेको घरमा पुगेर आउनु भन्नु भयो। म नारी हस्ताक्षर साहित्यकार राधा घिमिरेकोमा गएँ खाना तयारी पार्नु भएको रहेछ। स्वादिष्ट खाना खाएर फलाहारी गुरूको घरमा आए धेरै साहित्यकारहरुको आवत-जावत भई रहेको छ। उद्धब विष्ट चुम्लुङे, ओली विष्णु आदिसँग भेट भयो। केही समयमा त्रिफला पुग्छु त्यहाँ रामप्रसाद दाहाललाई भेटेर म उहाँसँग काकरभिट्टा घरमा गएर बास बसे। भोलि पल्ट ७ मार्च काकरभिट्टा हुदै गान्तोक पुग्छु। रामप्रसाद दाहाल देवी दाहाल छोरा बुहारी आदिको आतिथ्य म कहिले भुल्ने छुइन।

 मानिस मात्र भएर हुँदैन त्यसमा ज्ञान धर्मले बास गरेको हुनु पर्छ। उमा ओडारीको माताजीले टिका लगाई दिनु भयो प्रसादि दिनु भयो बाटामा खान एप्पल पठाई दिएर बिहान हामीलाई विदा दिनु भयो। यस्ता मसिना कुराहरुले पल पल याद आईरहन्छ। हिलिहाङले लगाएको माया भुल्न सकेको छुइन। राजकामार खडगाले लिनु भएको अर्न्तवार्ता। यात्रा गर्दाको संक्षिप्तमा आफ्नो कुरा प्रकाशमा ल्याएँ। अस्तु

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि