भ्रम -कविता

May 17, 2023 - 12:35
 0  1

-
भ्रम
-आकाश अधिकारी .तनहँु
मैले
सोचेको थें
दुश्मन भनेका
इतर
ध्रुवका मान्छे होलान।
दुश्मन भनेका
फरक वर्णका होलान।
दुश्मन भनेका
अर्कै धर्म
मान्ने होलान१
मान्छे भन्दा फरक
आकार
प्रकारका होलान।
यथार्थमा
म त
भ्रममा रहेछु।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow