असारे झरीमा कविहरुको बहुभाषिक कविता प्रतियोगिता

Jun 24, 2023 - 06:46
Jun 24, 2023 - 09:59
 0  64


असार ९, काठमाडौं/ काव्यघर नेपाल । नेपाल प्रज्ञा– प्रतिष्ठानको  आफ्नो ६६ औं वार्षिकत्सवको अवसर पारेर बहुभाषीक कविता प्रतियोगिताको आयोजना राखिएको छ । कार्यक्रमको तयारी पुरा भएको आयोजक सस्थाले जानकारी गराएको छ ।  बिगत भन्दा अलग धारमा रहेर यसपटक कार्यक्रम आयोजना गर्न लागिएको आयोजकहरुले दावि गर्दै आइरहेका छन ।

२०२२ साल यता लगातार नेपाली भाषामा हुदै आएको कविता प्रतियोगितालाई राष्ट्रिय  कविता महोत्सवको नामले परिचय गराइदै आइएको थियो ।यसपटकको कार्यक्रम पनि भित्र केहि फेरबदल गर्दै बाहिरी आवरण भने उहि पुरानै राष्ट्रिय कविता महोत्सव ०८० नामाकरण गरिएको छ ।

तर नेपाल प्रज्ञा प्रतिष्ठानमा बिगत केहि बर्ष यतादेखि राजनीति नियुक्तिमा सत्तारूढ दल हावी  हुन लागे यता दलका कार्यकर्ता भर्ती केन्द्रको रूपमा बिकास हुदै आएको प्रज्ञा प्रतिष्ठानले सक्षम नेतृत्व ल्याउन सकिरहेको अवस्था छैन ।यसकिसिमले आयोजना गरिने कार्यक्रम राष्ट्रिय कविता महोत्सव हुन नसक्ने धेरै बिशुद्व लेखक कविहरुको ठम्याइ छ । 

पूर्व प्रकाशित सार्वजनिक  सूचना अनुसार प्राप्त कविताहरु मध्येबाट छनोट गरी २५ वटा कविका कविताहरु बाचन गरि त्यसबाट छानिएका उत्कृष्ट दश कविहरुलाई जनही १५ हजार नगदसहित पुरस्कृत गरिने छ । आव्हान गरि जम्मा हुन आएका कविहरुका विभिन्न भाषाका कविताहरु छनोट गर्ने समिति सदस्यहरुको नामावली आयोजक समक्ष माग गर्दा सार्वजनिक गर्न नमिल्ने आयोजका संचार संयोजक  चेतनाथ धमलाले काव्य घरलाई जानकारी दिए ।

नेपाल  प्रज्ञा प्रतिष्ठानको नियुक्ति प्रक्रियाको बैैैधानिकता सम्बन्धमा भने अदालतमा परेको उजुरीको छानबिन प्रक्रिया यहि असार १० गते पेशि तोकिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि