राष्ट्रियसभा उम्मेदवारका लागि १२ पत्रकारको नाम सिफारिस 

Dec 31, 2023 - 09:38
 0  17
राष्ट्रियसभा उम्मेदवारका लागि १२ पत्रकारको नाम सिफारिस 


पौष १५,काठमाडौं,काव्य घर । राष्ट्रियसभा उम्मेदवारका लागि नेकपा एसनिकट १२ पत्रकारको नाम सिफारिस भएको छ । एस निकट पत्रकार समाजवादी प्रेस संगठनले पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा क्रियाशील, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा संलग्न १२ व्यक्तिहरूलाई उम्मेदवार बनाउन माग गरेको हो 


पत्रकारहरूलाई पनि राष्ट्रियसभामा ल्याउन अध्यक्ष माधवकुमार नेपालमार्फत सत्तारुढ गठबन्धनसँग माग गरेको महासचिव रामकुमार एलनले बताए ।
आज संगठनले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा संगठनको तर्फबाट राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार बनाउन शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ, राममाया भट्टराई, भरतराज पोखरेल, शीतल साह, विश्वमणि सुवेदी, जीवन बिसी, भीम रसाइली, हेमकर्ण विश्वकर्मा र प्रतीज्ञा बूढा मगरलाई सिफारिस गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि