आफुलाई प्रधानमन्त्री बनाउन धेरै मिहेनत गर्नु भयो प्रीतम शिहले- प्रचण्ड

Jul 5, 2023 - 12:31
Jul 5, 2023 - 15:09
 0  19
आफुलाई प्रधानमन्त्री बनाउन धेरै मिहेनत गर्नु भयो प्रीतम शिहले- प्रचण्ड

असार २० काठमाडौँ,काव्य घर/ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका छन ।

 ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरूले–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ प्रम दहालको गैरजिम्मेवार अभिव्यक्तिले फेरि विवादमा परेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको दाहालले बताएका हुन् ।

देशका प्रधानमन्त्रीको भनाइ मान्ने हो भने प्रधानमन्त्री बन्न जनताको घरदैलो होइन, दिल्ली धाउनुपर्छ होत ?? ‘प्रधानमन्त्री बन्न दिल्ली निर्णायक’ भन्ने सन्देशसहित प्रधानमन्त्रीले दिएको सार्वजनिक अभिव्यक्तिलाई विश्लेषकहरूले दुर्भाग्यपूर्ण भनेका छन् । संसदवाट विश्वास पाएको प्रधानमन्त्रीले जनादेश बिर्सनु गलत भएको बिश्लेषकहरुले बताएका छन । ‘प्रधानमन्त्री कसले बनाउने ? प्रतिनिधिसभाको बहुमतअनुसार प्रधानमन्त्री निर्वाचित हुने हो । प्रधानमन्त्री बन्न भारतको अनुहार हेर्ने प्रवृत्ति ठीक होइन,’विद्वान बिश्लेषकहरु भन्छन् । दाहालले यसो भन्दा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि कार्यक्रममै उपस्थित थिए ।

प्रमको यो अभिव्यक्तिले राष्ट्रको गरिमा होचो बनाउने काम गरेको छ, उहाँको मनमा धेरै उथलपुथल होला तर मुलुकको प्रधानमन्त्रीबाटै यस्तो गैरराजनीतिक अभिव्यक्ति आउनु हुँदैन ।’ धेरैको भनाइ छ ।

 विपक्षी दल एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ‘उहाँलाई प्रधानमन्त्री हुन कसले के गुण लगाएको छ, अझै खुलाउँदै जानुहोला,’ उनले भने, ‘सार्वभौम जनताबाट निर्वाचित सांसदले चुनेको प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु नैतिक र संवैधानिक हिसाबले गम्भीर विषय हो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि