कविता – वेददीप उपाध्याय गौतम -म छोरो बोल्दैछु बाबा – आमालाई हँसाउदै गर्नु

Dec 22, 2023 - 11:25
 0  47
कविता – वेददीप उपाध्याय गौतम -म छोरो बोल्दैछु बाबा – आमालाई हँसाउदै गर्नु

आमाको न्यानो काख देखि ओर्लिएर
बाबा, तिम्रो छाँया देखि ओझेल भएर
म घर छोडेर टाड़ा गएको छु
यो अनन्त दूरी देखि नै
तिम्रो शरणमा ढोग गरे
मेरी आमालाई पनि मेरो ढोग छ

आमा, बाबा तिमी दुबैलाई 
सन्चै होला नि
अघि बढ्ने प्रतियोगिताको चपेटले
जिन्दगीको पाइला चाल्न  कहिले काहाँ देखि थाले
त्यो पनि मलाई बिर्सायो
अरुलाई पछि पार्न 
हामफालेर होडबाजिमा दगुर्दा
बाबा(आमा तिम्रो बारेमा सोच्ने पनि
यो मनले मौका गुमायो
यो महँगोको तातो गोलिले तर्साएको 
दौलत को गीत गाउने जमानाले 
आज मलाई काँह हुर्याइयो
कता पुर्यायो
बेला बेला मेरो मन खल्बलिन्छ
धपेडीमा गुजुल्टिएर
यो जिन्दगी कता कता अल्मलिन्छ
छेउमा जान त मन लाग्छ
तर, उल्टो हुरीले झन पर पार्छ
बहकिएको मनलाई बाँधेर अडिनु परेको छ
मेरो जिन्दगीको अधिकार अर्कैले जताउँछ
बारम्बार यस्तो कुराले मलाई सताँउछ

बाबा-आमा
मलाई मेरो भोकको थाहा नहुँदा 
काखमा च्यापेर खुवाइ दिने
कतै गएर घर फर्केर आए पछि
मेरो शिरमा सुम्सुम्याइ दिने
मेरी आमा
मलाई सम्झेर सुर्ताएकी होलिन
बाबा, तिमी पनि मुटु भरि दुस्ख लुकाएर
आफ्नो ओठमा मुस्कान झल्काउँदै
सबैलाई हसाउने
मेरी आमालाई हँसाउदै गर्नु
बाबा, आमालाई हँसाउदै गर्नु।। 

विश्वनाथ चारालि, असम, भारत

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि