दुर्गा रिमाल अधिकारीको ‘चाहना’ लोकार्पण

Sep 16, 2023 - 15:53
 0  10
दुर्गा रिमाल अधिकारीको ‘चाहना’ लोकार्पण

 ०८० भदौ ३०, काठमाडौं, काव्य घर । स्रष्टा दुर्गा रिमाल अधिकारीको चौथो साहित्यिक कृति कथा सङ्ग्रह ‘चाहना’ लोकार्पण भएको थियो । अनुपम सिर्जना प्रतिष्ठानका अध्यक्ष भुवनहरि सिग्देलको सभापतित्वम भएको कार्यक्रममा  प्रमुख अतिथि प्रा.डा.रामचन्द्र लम्साल,विशिष्ट अतिथिहरु डा.बमबहादुर जिताली, डा.गाउँले बलदेव, सञ्चारकर्मी एवम् हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल लगायतले संयुक्त रुपमा कृति लोकार्पण गर्नु भएको थियो 
कार्यक्रम सञ्चालक जितु खड्काले स्वागत गरेका थिए ।  लोकार्पित कृतिमाथि डा.बलदेव अधिकारी, नरनाथ लुइँटेल, हरि खनालले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । शिव अधिकारी, राममणि दुवाडी लगायतले कृतिकारलाई बधाई दिँदै आगामी कृतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्राज्ञ बेटी बज्राचार्य, जनार्दन अधिकारी धड्कन, उत्तम विचार, सीमा अधिकारी, श्रद्धा अधिकारी, पूणर्देवी न्यौपाने, कल्पना न्यौपाने, टेकबहादुर लौडारी, वीरबहादुर लोहनी, शारदा आचार्य, सूर्यवदना पण्डित, सूर्यकुमार पण्डित, विनुबाबा घिमिरे, सुधा बास्कोटा (ढकाल), सरला तिम्सिना, रिता खतिवडा, गङ्गा आचार्य सापकोटा, अनिश रिमाल लगायतका साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो । प्रमुख अतिथि प्रा। डा। रामचन्द्र लम्सालले दुर्गा रिमाल अधिकारीको लोकार्पित कृतिमाथि बोल्दै कृति प्रकाशनबाट आफ्नो खुसीको सीमा नरहेको विचार व्यक्त गर्नुभयो । सभाध्यक्ष भुवनहरि सिग्देलले अब आख्यानतर्फ पाइला अघि सारिसकेको अवस्थामा कथाकार दुर्गाले पाइला निरन्तर अघि बढाइ रहनुपर्ने सल्लाह दिँदै आगामी लेखनका लागि शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै, कृतिकार दुर्गा रिमाल अधिकारीले आफ्नो लेखकीय मन्तव्यका क्रममा आफूलाई पुस्तक प्रकाशनका लागि सहयोग गर्नुहुने र कार्यक्रममा उपस्थित हुनुहुने सबै आफन्तजन, अग्रज, अनुजलाई धन्यवाद भन्दै आभार व्यक्त गर्नुभयो । स्रष्टा दुर्गा रिमालका यसअघि ‘सिर्जनाका रहरहरू’, ‘त्रिवेणी’, र ‘पुत्रमोह’ गरी तीनओटा कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् । अनुपम सिर्जना प्रतिष्ठान नेपालद्वारा प्रकाशित यस कृतिमा कृतिकारका श्रीमान् शिव अधिकारीले शुभकामना, दुर्गा रिमाल अधिकारीले लेखकीय मन्तव्य व्यक्त गर्नु भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि