कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जयन्ती कार्यक्रम सम्पन्न

कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जयन्तीका अवसरमा प्रा.डा.खेम कोइराला बन्धु सम्मानित। काठमाडौं, रानीवन, मञ्जुश्री साहित्यिक समाजको आयोजनामा खेम कोइराला बन्धुलाई मञ्जुश्री साहित्यिक सम्मान समर्पण गरियो।

Jan 7, 2024 - 02:54
 0  15
कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जयन्ती कार्यक्रम सम्पन्न

पौष २२ काठमाडौ ,काव्य घर /कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जयन्तीका अवसरमा प्रा.डा.खेम कोइराला बन्धु सम्मानित हुनु भएको छ। काठमाडौंको रानीवन, मञ्जुश्री साहित्यिक समाजको आयोजनामा खेम कोइराला बन्धुलाई मञ्जुश्री साहित्यिक सम्मान समर्पण गरियो।

 

त्यस अवसरमा सम्मानित व्यक्तित्वले आफ्ना प्राद्यापकीय र साहित्यिक साधनाका सन्दर्भ र लेखनाथ पौड्यालको योगदानको चर्चा गर्नुभयो भनें साहित्यकार श्रीरामसिंह बस्नेतले सम्मानित व्यक्तित्वमाथि प्रकाश पार्नुभयो। विशेष कविता वाचनसमेत रहेको उक्त समारोहमा गङ्गा लिगल, डाक्टर सीता सुवेदी पन्थी, डाक्टर भरत कुमार भट्टराई, मदनराज थापा,दुर्गा अधिकारी भमरकोटे, खगेन्द्र खोल्साघरे,राजन बिक्रम थापा, सुरेश कुमार भट्ट,निरप्रसाद तिमल्सेना, चन्द्रा न्यौपाने सरला ओझा लगायत उपस्थित सबैजसो कविले विशेष कवितावाचन गर्नुभएको थियो।

 डा. बमबहादुर थापा जितालीको सभापतित्वमा सञ्चालित उक्त समारोहको सञ्चालन रामरञ्जन पौडेलले गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष ध्रुवराज पौडेल तथा धन्यवाद ज्ञापन सचिव वीरबहादुर लोहनीले गर्नुभएको थियो भने सभापति डा. बमबहादुर थापा जितालीले समग्र कार्यक्रमको समीक्षाका साथ सभा विसर्जन गर्नुभएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि