रामको प्राण प्रतिष्ठा आयोध्यामा,नेपाल भरी खुसियाली

नेपालका अधिकांश क्षेत्रमा अयोध्यामा रामको प्राण प्रतिष्ठा गरिएको खुसियालीमा दिप प्रज्वल गरि विविध कार्यक्रम गरियो ।

Jan 23, 2024 - 14:13
 0  3
रामको प्राण प्रतिष्ठा आयोध्यामा,नेपाल भरी खुसियाली

माघ ९ भक्तपुर, काव्य घर /भारतको अयोयामा सोमवार हुन गएको श्रीराम मंदिरको भव्य अभिषेक तथा प्राण प्रतिष्ठा गरिएको खुशियालीमा ललितपुर महानगरपालिका १२ नं.वडा स्थित लगनखेलको हनुमान मंदिरमा ११०१ लगायत नेपाल अधिराज्यका अधिकांश क्षेत्रमा राम प्रति श्रद्धा सहित  दीप प्रज्वलन गरि कार्यक्रमहरु सम्पन्न गरिएको छ।

 यो अबसरमा हनुमान मंदिर प्रांगणलाई फूल तथा दीपले सजाईएको छ।हनुमान मंदिरमा आजको यो खुशियालिमा श्रद्वालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । हनुमान सेवा केन्द्र लगनखेलका अध्यक्ष माधब बस्नेतले भारतको अयोध्यमा श्रीराम मंदिरको प्राण प्रतिष्ठा गरिएको खुशियालीले नेपालका हिन्दुहरुको लागि समेत गर्वको विषय रहेको बताएका छन्।

 बिगत एक दशक देखि अध्यक्षको कार्यभार सम्हालेका बस्नेतले यो मन्दिरको भौतिक संरचनामा तथा ब्यवस्थानमा विशेष योगदान पुर्याएका छन्। हाम्रो मुलुकमा धार्मिक सहिष्णुता तथा सद्भाव बढेको बताउँछन् उनी । स्थानीय सरकार ललितपुर महानगरपालिका १२ नं. वडा बाट आफूलाई दशौं लाख मंदिरमा छानो तथा गजुर हाल्न सहयोग भएको कुरा उनी बताउछन् । भारत तथा नेपालमा भगवान रामकाो आस्था तथा विश्वास राख्ने भक्तजनको संख्या वढेको र रामको भक्तहरुमा प्रेम ,दया, करुणाको भावना अत्याधिक हुन्छ भन्ने कुरा समेत बस्नेत बताउँछन् ।

उर्जा नै शक्ति हो ,आनन्दनै उर्जा हो उनी प्रफुल्ल मुद्रामा बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि