कलाश्री सम्मान र पुरस्कार घोषणा 

Dec 10, 2023 - 16:57
Dec 10, 2023 - 16:57
 0  15
कलाश्री सम्मान र पुरस्कार घोषणा 


मंसिर २४, काठमाडौं, काव्य घर । नेपाली कलालाहित्य डट कम प्रतिष्ठानद्वारा विगत १५ वर्षदेखि हरेक वर्ष प्रदान गरिॅंदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कारहरू यो वर्ष अर्थात् २०८० का लागि पनि घोषणा गरेको छ  । 
प्रतिष्ठानले वर्ष २०८० का लागि अमूल्य राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई प्रदान गर्ने भएको छ । यसैगरी, प्रतिष्ठानले रु , एक लाख राशिसहितको राष्ट्रिय कलाश्री पुरस्कारबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
रु, ७५ हजार राशिसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि कृसु क्षेत्रीलाई, रु। ५० हजार राशिसहितको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यपोस्ट अनलाइनका प्रधान सम्पादक, पत्रकार अश्विनी कोइरालालाई, रु, ६० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार चित्रकार सम्झना राजभण्डारीलाई तथा रु, ५० हजार राशिसहितको पद्यनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार युवा सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सम्मान र पुरस्कार अर्पण समारोह यसै वर्ष माघ महिनाको अन्त्यतिर काठमाडौँमा आयोजित गरिने जानकारी दिइएको छ । 
प्रतिष्ठानले विगत १५ वर्षदेखि निरन्तर रूपमा साहित्य, सङ्गीत, ललितकला र पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई राष्ट्रिय कलाश्री सम्मान र पुरस्कारले सम्मानित गर्दै आएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि