कृति परिचर्चा कार्यक्रम सम्पन्न

Jun 8, 2023 - 09:54
Jun 10, 2023 - 04:39
 0  63
कृति परिचर्चा कार्यक्रम सम्पन्न
कृति परिचर्चा कार्यक्रम सम्पन्न

 जेष्ठ २५,काठमाडौ ,काव्य घर नेपाल/

साहित्यिक पत्रकार संघको आयोजनामा लेखक श्री बेदकुमारी न्यौपानेका कृतिहरुको परिचर्चा कार्यक्रम डालो रेस्टुरेन्टको सभाहल अनामनगरमा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि हिरण्यकुमारी पाठकले साहित्यकार न्यौपानेको साहित्यिक यात्राको आफू साक्षी रहेको जानकारी दिदै भन्नुभयो, बीचमा लामो समयसम्म नदेखिए पनि र चर्चा नभए पनि उनी निरन्तर साधनारत रहेकी छिन् । 

वरिष्ठ समालोचक प्रमोद प्रधानले वेदकुमारी न्यौपानेका कवितामा सरल शब्दमा जीवनका भोगाइ र अनुभूति समेटिएको बताउँदै उहाँका कविताभन्दा गीत र मुक्तक अझ प्रभावकारी भएको धारणा राख्नुभयो । अर्का समालोचक डा। शान्तिमाया गिरीले न्यौपानेका नाट्यकृतिहरूमा सामाजिक विषयवस्तुलाई सरल भाषाशैलीमा प्रस्तुत गरिएको छ भन्नुभयो । 

अध्यक्षको आसनबाट साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले काठमाडौं, अमेरिका र अस्ट्रेलियामा बस्दै आउनु भएकी स्रष्टाबाट पाठकले अब डायस्पोरिक लेखनको आशा गरेको उल्लेख गर्नुभयो । 
कार्यक्रममा सांसद रेखा यादव, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ  रोदन र प्रा। डा। गोविन्दमानसिंह कार्कीले साहित्यकार न्यौपानेको लेखनयात्रा प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना दिनुभएको थियो । 

कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले स्वागत मन्तव्यमा नेपाली गीति नाटक र गीति कथा लेखनमा गतिशील चरित्र रहेको विचार राख्नुभएको थियो । 

समारोहमा साहित्यकारहरु किशोर पहाडी, शंकर भारती,  विनोद नेपाल, विमल भौकाजी, प्रद्यम्न जोशी, मन्जिला अनिल, कमला रिसाल, सीता विष्ट कार्की, ममता मृदुल, रन्जना निरौला, तारा सुवेदी, नीता श्रेष्ठ, रेणुका  भट्टराई, शारदा वाग्ले, सीता नेउपाने, पुरुषोत्तम नेउपानेलगायतको उपस्थिति थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि