गृह मन्त्रालयको अनुरोध 

गृह मन्त्रालयले देशका कुनै पनि ठाउँमा रहेका सरकारी स्वामित्वका जमिन जुनसुकै प्रकारले गैरकानुनी रुपमा हडपेको भेटिए त्यसबारे जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ

Feb 22, 2024 - 21:27
Feb 22, 2024 - 22:31
 0  47
गृह मन्त्रालयको अनुरोध 
फायल तस्वीर

फागुन १० काठमाडौ,काव्य घर/गृह मन्त्रालयले देशका कुनै पनि ठाउँमा रहेका सरकारी स्वामित्वका जमिन जुनसुकै प्रकारले गैरकानुनी रुपमा हडपेको भेटिए त्यसबारे जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजनिक एवं सरकारी स्वामित्वको ऐलानी, सन्धिसर्पन, गौचरन, घाट आदि जग्गा कानुन विपरीत कसैले आफ्नो नाममा दर्ता गरेको, खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहेको भेटिएमा कारबाही प्रक्रिया अघि बढाउन सरोकारवाला निकायसँग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेको, दाखिल खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्य विपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको पाइएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरी पूर्ववत सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी आदि रुपमा कायम गर्ने प्रयोजनका लागि सो सम्बन्धी सत्य तथ्य सूचना सहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन र त्यस्तो कार्य गर्नेउपर प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।

गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा दुरुपयोग गरी दर्ता स्रेष्ता कायम गर्नेगरी निर्णय गरेको र सोको आधारमा दाखिल खारेज गरेको वा हक स्वामित्व कायम गरेको वा त्यसरी कायम भएको स्वामित्वबाट विक्री वितरण गरेको, समय तोकी वा नतोकी भोगाधिकार सिर्जना गरेको, धितो बन्धक राखेको आदि जुनसुकै प्रकारको गैरकानुनी काम कारबाही सम्बन्धी सूचना वा प्रमाण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि