गजल -कपिल खगेन
हामी बाहेक अर्को ठाउँ नहोस्
तिम्रो बाहेक अर्को नाउँ नहोस्
पिरतिमा घाटा,नाफा होला
मुटुमा एउटा पनि घाउ नहोस्
साथ कहिले नटुटोस् तिमिसँग
सास रहुन्जेल आसमा भाउ नहोस्
मनको मझेरीमा अर्को माउ नहोस्
रक्ष्यानमा चुठ्दा अर्को गाउँ नहोस्
पाँचथर,हाल दमक झापा
What's Your Reaction?