काठमाडौमा दुई मुक्तक संग्रह विमोचन 

विमोचित कृति 'चिराइतो’ मुक्तकसङ्ग्रहको समीक्षा प्रा. डा. गोविन्द मानसिंह कार्की र 'नवशिला’ मुक्तकसङ्ग्रहको समीक्षा ममता मृदुलले बडो उत्कृष्ट तरिकाले गर्नुभएको थियो । उक्त कार्यक्रममा समूहको तर्फबाट हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन प्रसाद नेपालज्यूले लोकार्पित कृतिका कृतिकारद्वय बद्री उप्रेती र नवराज पेखरेलले बधाई तथा कृति सफलताको शुभकामना मनतव्य गरे।

Mar 3, 2024 - 22:23
Mar 4, 2024 - 07:04
 0  10
काठमाडौमा दुई मुक्तक संग्रह विमोचन 

 फागुन १९, काठमाडौं, काव्य घर/नवराज पोखरेलको  मुक्तक सङ्ग्रह ‘नवशिला’ र  बद्री उप्रेतीको  मुक्तकसङ्ग्रह‘चिराइतो’ लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटार, काठमाडौँबाट विमोचन कार्य सुसम्पन गरियो ।

दीपोज्वलन साथै राष्ट्रिय गान सहित सुरु गरीएको उक्त कार्यक्रमको सञ्चालन  भुवन सिवाकोटी चौघरेद्धारा भएको थियो ।  स्वागत् मन्तव्य  गंगा आचार्य सेढाईँले गर्नु भएको थियो । शारदा गौतम आचार्यको अध्यक्षतामा भएको  उक्त कार्यक्रमा प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ साहित्यकार तथा पत्रकार वियोगी बुढाथोकीज्यू रहनु भएको थियो । त्यसैगरी  विशिष्ट अतिथि कलानिधि दाहाल वरिष्ठ साहित्यकार एवं लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा रहनु भएको थियो । लोकार्पित कृति चिराइतो मुक्तकसङ्ग्रहका समीक्षक  समालोचक प्रा. डा.गोविन्द मानसिंह कार्की र ममता मृदुल रहनु भएको थियो । दुबै कृतिको लोकार्पण गरिएको थियो । 

 विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, प्रत्रकार , समाजका गन्यमान्य व्यक्तित्व साथै साहित्यानुरागी मनहरूको करिव  १०५ जनाको उपस्थिति रहेको थियो । विमोचिन सभामा शुभकामना मन्तव्य दिनुहुनेहरूमा वियोगी बुढाथोकी, कलानिधि दाहाल, विजयध्वज थापा, निलञ्जला भारद्वाज, सुनिल अधिकारी नम्रता उप्रेती, शिला पोखरेलको रहेको थियो ।   कार्यक्रममा उपस्थित हुनु भएका साहित्यकार मध्यबाट २०  जना स्रष्टाहरूले लोकार्पित दुबै कृतिबाट मुक्तकहरू वाचन गर्नुभएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि