नेपाली उपन्यास ‘हिमालका भरिया’ सार्वजनिक 

कृति पर्यटन क्षेत्रमा ऐतिहासिक दस्तावेज बन्ने छ ।

Mar 23, 2024 - 18:10
Mar 23, 2024 - 18:19
 0  32
नेपाली उपन्यास ‘हिमालका भरिया’ सार्वजनिक 


चैत्र १०,काठमाडौं,काव्य घर / पर्यटन व्यवसायी जानकी प्रसाद पराजुलीद्धारा लिखित नेपाली उपन्यास ‘हिमालका भरिया’ सार्वजनिक सम्पन्न भएको छ । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले अन्य विशिष्ट अतिथिका साथमा आज एक समारोह वीच लोकार्पण गर्नु भएको हो ।
कार्यक्रमका सभापति इन्जिनियर बासुदेव विष्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अन्य अतिथिहरु,डा.राजेन्द्रके.सी,प्रा.डा.भरतराज पहारी, समालोचक प्रा.डा.हरिप्रसाद सिलवाल,प्राज्ञ डा.कौशिला रिसाल, डा.जयहरि पाण्डे, डा. रामप्रसाद दाहाल, कल्याण देव भट्टराई र पत्रकार गोपाल थपलिया आदिको उपस्थिति भएको थियो । 


स्रष्टा आफैले स्वागत मन्तव्य गर्नु हुदै मेरो जीवनको महत्वपूर्ण उपल्ब्धिका रुपमा यस उपन्यास रहेको बताउँदै कृतिले पूनः नेपाललाई विश्व सामु चिनाउँन सफल हुनेमा बिश्वास राख्दै सम्पूर्णलाई शब्दद्धारा स्वागत गर्नु भएको थियो । कृतिको समीक्षा प्रा.डा हरिप्रसाद र प्राज्ञ.डा कौशिला रिसालले गर्नु भएको थियो । दुबैले कृतिको बारेमा अन्य उपन्याससँग तुलाना गर्दै महत्वपूर्ण विषयमा लेखिनु लेखकको  विशेषता रहेको बताउँनु भयो ।  भरियाको जीवनलाई प्रमुख विषय बनाउँनु र बिभिन्न हिमालहरुको आरोहणका साक्षिहरु भरियाको जीवन जस्ताको तेस्तै रहेकोमा प्रष्ट पार्दै जीवन सुधारका पक्षमा समेत विश्लेषण गर्नु भएको थिथो ।


उक्त कार्यक्रममा शुभकामना दिदै स्रष्टालाई हौसला समेत प्रदान गरिएको थियो । पानसमा दीप प्रज्वलन सहित उद्घाटित कार्यक्रम राष्ट्रिय गानबाट शुरु भएको थियो । प्रमुख अतिथिका बालसखा समेत रहेका स्रष्टा बताउँदै स्रष्टाले पर्यावरणीय साहित्य लेखनमा चासो साख्नु पर्ने र पराजुलीको यस प्रयास अत्यन्तै सुन्दर भएको बताउँनु भयो । यस कृतिले पर्यटन क्षेत्रमा ऐतिहासिक महत्वपूर्ण दस्तावेजको काम गर्ने बताउँर्दै शुभकाना प्रदान गर्नु भएको थियो । 
कार्यक्तम साहित्यकार सन्ध्या पहारीद्धारा कुशल सञ्चालन गरिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि