गोदावरी - १४ बाँडेगाउँको महायज्ञ भदौ ३० गतेसम्म सञ्चालन हुने

Sep 8, 2023 - 13:19
Sep 8, 2023 - 13:27
 0  18
गोदावरी - १४ बाँडेगाउँको महायज्ञ भदौ ३० गतेसम्म सञ्चालन हुने
भाद्र २२,ललितपुर,काव्य घर । ललितपुरको बाँडेगाउँमा रहेको मामाघर अनाथालय आश्रमको सहयोगार्थ विराट ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञ भदौ ३० गतेसम्म सञ्चालन हुने छ । व्यापक प्रचारप्रसार र तामझामसहित सुरु भएको महायज्ञको उदघाटन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले गरे । महायज्ञको उदघाटन गर्दै मन्त्री भण्डारीले पवित्र उद्देश्यका साथ सुरु भएको विराट महायज्ञको सफलताको शुभकामना व्यक्त गरे । “मामाघर अनाथालय निर्माणका लागि गरिएको यो महायज्ञ महत्वपूर्ण छ । असाध्यै राम्रो काम छ । जसले बालबालिकाको लागि केही न केही संरक्षण गर्छ । यसको सफलताको कामना गर्दछु । मेरो पनि केही योगदान रहोस् भनेर स्वगीय माता इन्दु सिंह भण्डारीको नामबाट एक लाख एक हजार रुपैंयाँ सहयोग गर्न चाहान्छु ।” मन्त्री भण्डारीले भने ।

महायज्ञमा संकलित रकमबाट गोदावरी नगरपालिका वडा १४ बाँडेगाउँमा सञ्चालनमा रहेको अनाथाश्रमको व्यवस्थापनका लागि उपयोग हुने मामाघर अनाथालयका अध्यक्ष बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले जानकारी गराए । “अब निर्माण गरिने आश्रमका संरचनामा देशभरका अनाथ बालबालिकाहरूको लागि नेपालकै नमुना अनाथ आश्रम, वृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, अन्न क्षेत्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, खेल मैदान, सन्त निवास, प्रवचन हल, गौशाला आदि निर्माण गरिने छ । निःशुल्क एम्बुलेन्स सञ्चालन गर्न महायज्ञ सञ्चालन गरिएको हो ” महाराजले बताए । अनाथ बालबालिकाहरु अब अनाथ बन्न नपरोस भनि बृहत अनाथालय , योग , ध्यान , प्रणायम , प्राकृतिक चिकित्सालय आदि निर्माण गर्ने उद्देश्यले र लक्ष्य सहित ज्ञान महायज्ञ लगाइएको यज्ञ आयोजक मुल समाहरोह समितीका सदस्यहरुको भनाई छ । यही भाद्र २० गते देखि ३० गते सम्म आयोजना हुने उक्त महायज्ञका लागि आन्तरिक कार्य पुर्णरुपमा तयारी अबस्थामा देखिएको छ । उक्त श्रीमद्भागवत विराट ज्ञान महायज्ञ (२०८० को पुर्व सन्ध्यामा आयोजित शान्ति पद यात्रा कार्यक्रम सम्पन्न भएको छ । महायज्ञको प्रमुख संरक्षकमा गोदावरी नगरपालिका वडा नं ३ का वडाध्यक्ष सानुराज घिमिरे तथा सहसंरक्षकमा वडा नं १४ का अध्यक्ष निरोज बज्राचार्य रहेका छन् । महायज्ञमा दान प्रदान गर्नेलाई सम्मान गर्ने कार्यक्रम पनि छ । ७ सय रुपैयाँ देखि ५ लाख र सो भन्दा बढी दान गर्नेलाई विभिन्न सम्मानहरु छन् । महायज्ञमा विभिन्न कथा प्रवचन गर्ने, आध्यात्मिक जागरण गर्ने, बालबच्चाहरु सम्बन्धी सकारात्मक सन्देशहरु फैलाउने, ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने, शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई सम्मान गर्ने, एकल महिला, सामाजिक क्षेत्रमा योगदान दिएका स्थानीय व्यक्ति, विभिन्न संस्थालाई सम्मान गर्ने, पितृमुक्ती अनुष्ठान गर्ने, कोटी दिप प्रज्वलन गर्ने, कन्या पुजन गर्ने, १००८ कलश पुजन गर्ने लगायतका कार्यक्रम छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि