चितवनमा लेकाली र ‘सन्तापको धून’ पुरस्कृत

Mar 11, 2024 - 22:12
Mar 11, 2024 - 22:18
 0  13
चितवनमा लेकाली र ‘सन्तापको धून’ पुरस्कृत

फागुन २८, चितवन ,काव्य घर नेपाल / चितवन साहित्य परिषद्ले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको चिसाप गायत्री सरस्वती साहित्य पुरस्कारू यस वर्ष साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गरेको छ । नगद ३५,०४५ र सहित सम्मानपत्र रहेको सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कोषराज न्यौपानेले लेकालीलाई हस्तान्तरण गर्नु भयो । 


यसैगरी चिसाप गीताश्री साहित्य पुरस्कार नगद ३५,०४५र( सहित कथाकार डा.अशोक थापाको ‘सन्तापको धून’ कथाकृतिलाई प्रदान गरिएको छ ।


चितवन साहित्य परिषद्का अध्यक्ष साहित्यकार केदारनाथ खनालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पुरस्कृत लेकालीको परिचय चिसापका निवर्तमान अध्यक्ष साहित्यकार  सुरेन्द्र अस्तफलले र डा.अशोक थापाको परिचय साहित्यकार जगन्नाथ पण्डितले गर्नु भएको थियो । 


कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, सभापति खनाल, पुरस्कार संस्थापक एवं चिसापका पूर्व अध्यक्ष साहित्यकार गायत्री श्रेष्ठ, अर्का पुरस्कार संस्थापक संविधानसभाकी सदस्य गीता वाग्ले, पुरस्कृत साहित्यकारहरु राधेश्याम लेकाली र डा। अशोक थापा, चितवन महानगरपालिका प्रज्ञा प्रतिष्ठानका कुलपति इन्द्र रेग्मी, कवि डाँडाका अध्यक्ष साहित्यकार एल बी क्षेत्री लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा कविहरु उषा तिवारी, प्रकाश चापागाईं  र पारु तिमिल्सिनाले आआफ्नो कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकारहरु केशवकुमार श्रेष्ठ, लकाश पौडेल, श्यामजी अतिथि, धनराज गिरी, बालकृष्ण थपलिया, शान्ति शर्मा, सरला श्रेष्ठ, उदय अधिकारी, डा। एकनारायण पौडेल, श्रीभक्त अच्युत, गोपी सापकोटा, कृष्ण कँडेल, गायत्री अधिकारी, चिराग भण्डारी, पूर्णप्रसाद अधिकारी, टीका रेग्मी लगायत विभिन्न संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई परिषद्का सचिव नवराज ढुंगानाले सहजीकरण गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि